Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगदम्बा अटो ग्रुपले एउटा कन्टेनरमा १४ लाख भन्सार छलेको पुष्टि

spot_img
spot_img

वीरगंज । काठमाडौं सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट आयात गर्ने तीन चक्के टेम्पोमा भन्सार छलि गरेको पुष्टि भएकाे छ । भारतको चेन्नईस्थित टि.भि.एस. कम्पनीबाट जगदम्बाले आयात गरेको तीन चक्के टेम्पोमा करिब १४ लाख राजस्व छलि गरेको आरोपमा वीरगन्ज भन्सार कार्यालयले उनको कन्टेनर नियन्त्रणमा लिएको छ ।

तिन चक्के टेम्पोको पार्टस् भनेर भन्सार जाँच पास गराई चेसिस र इन्जिन सहितको टेम्पो आयात गर्ने गरेको विशेष सूचनाको आधारमा एम.एच. ४६ ए.एफ. ५२४२ नम्बरको ट्रकमा लोड रहेको कन्टेनर चेकजाँच गर्दा १३ लाख ८० हजार राजस्व छलेको पाइएको छ ।

भारतबाट सवारीसाधन आयात गर्दा इन्जिन, चेसिस सहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तत शुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्टस् भनेर आयात गर्दा अन्तत शुल्कमा ५० प्रतिशत नेपाल सरकारले दिएको छुटलाई गैर कानूनी तरिकाले जगदम्बा अटो ग्रुपले पार्टस् आयात भनेर चेसिस, इन्जिनसहितको सवारी साधन आयात गरेको पाइएको हो ।

सवारी साधनको पार्टस् आयात गर्दा सि.के.डि. भनेर भन्सार जाँच पास हुने गरेको छ । यही बिहीबार जगदम्बा ग्रुपले सि.के.डि. भनेर ३४ लाख ५७ हजार १ सय ४१ रुपैया बराबरको सवारी साधनको पार्टस् भनेर भन्सार जाँच पास गराई ३० लाख १५ हजार ९ सय ९६ रुपैया राजस्व बुझाएको थियो । जबकी जगदम्बाले आयात गरेको इन्जिन, चेसिस सहितको सवारी साधनमा नेपाल सरकारलाई थप १३ लाख ८० हजार राजस्व तिर्नुपर्ने थियो ।

यसले भन्सार एजेन्ट र वीरगन्ज भन्सार कार्यालयको तल्लो तहका कर्मचारीहरुको मिलोमताेमा एउटा कन्टेनर आयातमा जगदम्बाले करिब १४ लाख राजस्व छल्दै आएकाे पुष्टि गरेकाे छ ।

भारतको चेन्नईबाट एम.एच. ४६ ए.एफ. ५२४२ नम्बरको ट्रकमा लोड भएर आएको कन्टेनरमा कम्पनीको सिल लागेकै अवस्थामा भन्सार जाँच पास भएकाे थियो । यही विहीबार जगदम्बाको कन्टेनर सिल लागेकै अवस्थामा पास भएकाे समाचार कालिका टाईम्स लगायत केही संचार माध्यममा आएपछि भन्सार प्रमुख हरिहर पौडेलले उक्त कन्टेनरलाई खोलेर चेकजाँच गर्न भन्सार कर्मचारीलाई निर्देशन दिएका थिए ।

चेकजाँच पश्चात पार्टस् भनेर आयात गरिएको कन्टेनरमा इन्जिन, चेसिस सहितको सवारी भेटिएको भन्सार प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार आयातकर्ता कम्पनीले १३ लाख ८० हजार थप राजस्व तिरेर मात्रै कन्टेनर लैजान पाउने बताए ।

सानो तिनो सामान ल्याउँदा राजस्व चुहावट नियन्त्रण गर्ने सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सार चलान गर्ने गरेको अवस्थामा एकिकृत जाँच चौकी हुँदै दैनिक यस्तै करोडौंको राजस्व चुहावट भइरहेकोप्रति सम्बन्धित उपल्लो निकाय मौन रहेको छ ।

तल तहका कर्मचारीहरुलाई मिलाएर भन्सार एजेण्टहरुले कागजी प्रक्रियामा ठूलठूला गाडीहरुलाई जाँच पास गराउने गरेका छन् । जगदम्बाले नै टेम्पोको पार्टस् भनेर विगत दुई वर्षदेखि इन्जिन, चेसिस सहितको गाडी आयात गर्दै आएको छ । त्यसैले अहिले सम्म जगदङ्गबाले कतिकाे भन्सार छली गरे हाेला ? भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...