Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाईमा शिशु कक्षाकाे लागि एलईडी टिभी वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाले सामुदायिक विद्यालयका शिशु कक्षाकाे लागि एलईडी टिभी वितरण गरेकाे छ ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शिशु कक्षाका लागि नगरपालिकाले ३२” को स्मार्ट एलईडी टिभी बितरण गरेकाे श्री ने.रा. आधारभुत विद्यालय सिसियाडीका प्रधानाध्यापक विजय साहले बताए ।

नगरपालिकाका अन्तर्गतका ११ आधारभुत विद्यालय र ६ माध्यमिक विद्यालय गरी १७ सामुदायिक विद्यालयलाई एक-एक थान एलईडी टिभी वितरण गरेकाे प्रधानाध्यापक साहले जानकारी दिए ।

नगरपालिकाले साेमबार एक कार्यक्रमकाे आयाेजना गरि एलईडी टिभीहरु विद्यालयहरुलाई वितरण गरेकाे हाे । बहुअरी पिडरीस्ठित रहेकाे नगरपालिकाकाे बैठक कक्षमा भएकाे कार्यक्रममा मेयर नितेन्द्र साहले सम्बन्धित विद्यालयका प्रधानाध्यपकहरुलाई एलईडी टिभीहरु हटस्तान्तरण गरे ।

टिभीहरु हस्तान्तरण गर्दै मेयर साहले सामुदायिक विद्यालयहरुलाई आधुनिक शिक्षातर्फ आक्रषण गर्न एलईडी टिभीहरु वितरण गरिएकाे वताए । उनले यसका साथै सामुदायिक विद्यालयका सम्पूर्ण आधारभुत आवश्यकताहरु नगरपालिकाले पुरा गर्ने प्रतिवद्धता जनाए ।

एलईडी टिभी हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेल, नगरपालिकाकी महिला विकास अधिकृत पारवती पाैडेल, लेखापाल हरि प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...