Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बहुदरमाईमा शिशु कक्षाकाे लागि एलईडी टिभी वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाले सामुदायिक विद्यालयका शिशु कक्षाकाे लागि एलईडी टिभी वितरण गरेकाे छ ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शिशु कक्षाका लागि नगरपालिकाले ३२” को स्मार्ट एलईडी टिभी बितरण गरेकाे श्री ने.रा. आधारभुत विद्यालय सिसियाडीका प्रधानाध्यापक विजय साहले बताए ।

नगरपालिकाका अन्तर्गतका ११ आधारभुत विद्यालय र ६ माध्यमिक विद्यालय गरी १७ सामुदायिक विद्यालयलाई एक-एक थान एलईडी टिभी वितरण गरेकाे प्रधानाध्यापक साहले जानकारी दिए ।

नगरपालिकाले साेमबार एक कार्यक्रमकाे आयाेजना गरि एलईडी टिभीहरु विद्यालयहरुलाई वितरण गरेकाे हाे । बहुअरी पिडरीस्ठित रहेकाे नगरपालिकाकाे बैठक कक्षमा भएकाे कार्यक्रममा मेयर नितेन्द्र साहले सम्बन्धित विद्यालयका प्रधानाध्यपकहरुलाई एलईडी टिभीहरु हटस्तान्तरण गरे ।

टिभीहरु हस्तान्तरण गर्दै मेयर साहले सामुदायिक विद्यालयहरुलाई आधुनिक शिक्षातर्फ आक्रषण गर्न एलईडी टिभीहरु वितरण गरिएकाे वताए । उनले यसका साथै सामुदायिक विद्यालयका सम्पूर्ण आधारभुत आवश्यकताहरु नगरपालिकाले पुरा गर्ने प्रतिवद्धता जनाए ।

एलईडी टिभी हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेल, नगरपालिकाकी महिला विकास अधिकृत पारवती पाैडेल, लेखापाल हरि प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...