Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

संविधान दिवसमा वीरगञ्ज कारागारबाट २४ जना कैदी रिहा

spot_img
spot_img

वीरगञ्ज । सातौं संविधान दिवस २०७८ को अवसरमा वीरगञ्ज कारागारमा कैदी जीवन विताइरहेका मध्ये २४ जना कैदीबन्दी कारागार मुक्त भएका छन् ।

विभिन्न मुद्दामा जेल जीवन विताइरहेका र आचरण ठीक भएका ३० जनाको कारागार प्रशासनले सिफारिस गरेकोमा राष्ट्रपतिबाट निर्णय भई कैद सजाय मिनहा भएका २४ जना कैदीबन्दीहरुलाई संविधान दिवसको अवसरमा वीरगन्ज कारागारका प्रमुख कृष्ण गैरेले अविर टिका लगाई कारागार मुक्त गरेका हुन् ।

न्यूनतम ५० प्रतिशत कैद भुक्तान गरिसकेका र कारागार बस्दा बखत असल आचरणमा कारागार जीवन विताइरहेका ३० जना कैदीहरुको कैद सजाय मिनाहाको लागि वीरगन्ज कारागारले सिफारिस गरेकोमा राष्ट्रपतिबाट निर्णय भई माफी सजाय मिनहा भएका २४ जना कैदीबन्दीहरुलाई कारागार मुक्त गरिएको वीरगञ्ज कारागार प्रमुख कृष्ण गैरेल जानकारी दिए ।

कारागार मुक्त हुनेहरुमा चोरी मुद्दाका अब्दुलजानी हकिम, राजेश साह कानु, सुनिल सहनी मलाह, सवारी ज्यान मुद्दाका जगतनारायण राउत कुर्मी, धर्मेन्द्र पासवान, जोखु राय थारु, कन्हैया प्रसाद कोइरी भन्ने कन्हैया प्रसाद कुशवाहा, अनुप कुमार रुम्बा, कर्तव्य ज्यान मुद्दाका जमुना भन्ने जमुना माझी, लालबहादुर साह तेली, शिवरतन सहनी मलाह, विनोद कुमार चितैने, मिश्रीलाल राउत अहिर, रोकैया खातुन, अमरुलाह मियाँ, शेष इमामुद्दिन रहेका छन् ।

त्यस्तै, ज्यान मार्ने उद्योग मुद्दाका अजमुद्दिन अन्सारी, ज्यान मुद्दाका जग साह तेली, ढेला भन्ने सुनर पासवान रहेका छन् । यसैगरि डाँका मुद्दाका रमेश मुखिया विन, विष्णु दयाल हजरा दुसाद रहेका छन् भने बहु विवाद मुद्दाका दिलराज चौधरी, नकबजनी चोरी मुद्दाका सरोज चौधरी र महम्मद हुसेन आजाद अन्सारी रहेका छन् ।

कारागारमुक्त हुनेहरु चोरी मुद्दाका कैदी ४ जना, सवारी ज्यान मुद्दाका कैदी ५ जना, कर्तव्य ज्यान मुद्दाका कैदी ७ जना, ज्यान मार्ने उद्योग मुद्दाका कैदी २ जना, डाँका मुद्दाका कैदी २ जना, ज्यान मुद्दाका कैदी १ जना, बहु विवाह मुद्दाका कैदी १ जना तथा नकबजनी चोरी मुद्दाका कैदी २ जना गरि २४ जना कैदी कारागार मुक्त भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...