Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

विभिन्न अस्पतालले रेफर गरेकाे किशोरीकाे स्पर्शमा सफल उपचार

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नं. १४ बहुअरीस्थित रहेको स्पर्श मल्टि स्पेशलिटि अस्पतालले विच्छुले टोकेर चिन्ताजनक अवस्थामा पुगेकी एक किशोरीको सफल उपचार गरेको छ ।

बारा जिल्लाको निजगढ – ४ निवासी १६ वर्षीय किशोरी एलिजा सुनुवारलाई विच्छुले टोकेर चिन्ताजनक अवस्थामा पु¥याएको १३ दिन पश्चात सफल उपचार गरेको हो । जँगलमा घाँस काट्ने क्रममा विच्छुले टोक्दा निजगढस्थित स्थानीय उपचार सेवा केन्द्रमा उपचार गराई त्यहाँबाट धामी झाँक्री हुँदै वीरगन्जको नेशनल मेडिकल कलेज एवं नारायणी अस्पताल हुँदै स्पर्श अस्पतालमा आइपुगेकी किशोरीलाई स्पर्श अस्पतालका प्रबन्धन निर्देशक डा. महेश्वर कुर्मी र डा. घनश्याम कुमार यादवको टिमले १३ दिन पश्चात उपचार गर्न सफल भएको हो ।

विभिन्न अस्पताल हुँदै स्पर्श अस्पतालमा चिन्ताजनक अवस्थामा आएकी किशोरीलाई ५ दिन भेन्डिलेटरमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको टिमलाई अब विरामीलाई रिकभर गर्न सकिन्छ भन्नेमा विश्वस्त भएको डा. महेश्वर कुर्मीले जानकारी दिए ।

उनका अनुसार ५ दिन भेन्डिलेटरमा राखेर उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि ३ दिन आईसियूमा राखेर एवं ५ दिन वार्डमा राखेर उपचार गर्दै आइतबार (आज) १३ औं दिनसम्म पूर्ण रुपमा उपचार गर्न सफल भएको बताए ।

विभिन्न अस्पतालबाट रेफर भएर आएकी किशोरीको अवस्था एकदमै चिन्ताजनक थियो । साँस फेर्न गाह्रो, मुखबाट ब्लड निस्कनु, सेचुरेशन लेबल ६६ प्रतिशत, बेहोस् अवस्था एवं स्वाँस प्रस्वाँस तिब्र गतिको अवस्थामा किशोरीलाई ल्याइएको थियो भन्दै डा. कुर्मीले अवस्था हेरेर नै चिन्ताजनक थियो तर भेन्डिलेटरमा राखी कृत्तिम स्वाँस प्रस्वाँसलाई नियन्त्रणमा राखेर उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार आएपछि अब किशोरीलाई बचाउन सकिने भन्नेमा विश्वस्त भएको बताए ।

यही २०७८ वैशाख २६ गतेदेखि कोरोना महामारीकै बीच संचालनमा आएको उक्त अस्प्तालले छोटो समयमै बढि भन्दा बढि र चिन्ताजनक अवस्थामा विरामीहरुलाई उपचार गर्न सफल भएको डा. कुर्मीको भनाई छ ।

गम्भिर अवस्थामा पुगेका विरामीहरुलाई वीरगन्ज बाहिर रेफर गर्ने परिपाटीलाई अन्त्य गर्दै स्पर्श अस्पतालले सम्पूर्ण रोगको उपचार एकै ठाउँमा हुने गरि सेवा सुविधा विस्तार गर्दै गएको डा. कुर्मीको वताए । अस्पताल भर्खरै संचालनमा आएको हुनाले व्यवस्थापनमा केही कमि कमजोरी भएको हुन सक्ने भन्दै अबको दिनमा व्यवस्थित तरिकाले अस्पतालको व्यवस्थापन गर्दै लैजाने जनाए ।

नेपाल सरकारको मापदण्ड भित्र रहेर यस अस्पतालले हालको लागि २५ वेडको सेवा सुविधा दिदै आएको तर आगामी दिनमा पुनः नेपाल सरकारसँग समन्वय गरि बेड थप्दै यहाँबाट प्रदान गरिने सेवालाई झनै प्रभावकारी बनाउँदै लैजाने डा. कुर्मीले दाबी गरे ।

यस अस्पतालमा ८ जना विशेषज्ञ चिक्सिकहरुको टिमले सेवा दिदै आएको छ । अस्पतालले मेडिशिन, गाइनो, पिडिआ, अर्थो, ग्यास्ट्रो, पल्मो, सर्जरी र न्यूरो सर्जरीको सुविधा दिदै आएको डा. कुर्मीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...