Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

ओम शिवशक्तिकाे १३ औं वार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको शनिबार १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाकाे उद्घाटन राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक समिति सदस्य शम्भु गुप्ताले गरेका थिए ।

साधारण सभाकाे उद्घाटन गर्दै गुप्ताले सहकारी संस्थाले हरेक जन्ताको मन जित्न सफल भन्दै बधाई दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गुप्ताले कोभिडको समयमा पनि आफ्नो कार्यलाई अगाडि बढाउँदै यस संस्थाले नाफा आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

उनले अहिलेको अवस्थामा सहकारी एउटा गरिब, निमुखा, दैनिक ज्यालादारी गर्ने व्यक्तिको लागि सहकार्यको भूमिका निभाउन सफल हुँदै आएकोमा सबैलाई बचत गर्न आग्रह गरे । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपूतले शुभकामन दिदै यस संस्थाले लगानी मात्र होइन कोभिड, हावाहुरीबाट पीडित भएका व्यक्तिलाई संस्थाको तर्फबाट सहयोगगरी सामजिक क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेकोमा खुशी व्यक्त गरे ।

उनले संस्थाले कम लगानीबाट आम जनताको मन जित्दै आज करोडौंको व्यापार गर्न सफल भएको बताए । जीवनमा बचत पनि अति नै आवश्यक भएकोले बचत गर्न सबलाई आग्रह गरे ।

अर्का विशिष्ट अतिथि समाजसेवी शिवशंकर पटेलले शुभकामना दिदै  संस्थाले आगामी दिनमा पनि अझै आम जनताको सेवामा लाग्न आग्रह गरे । उनले केही सीमित सहकारी संस्थाले गरेको गलत कार्यले गर्दा सेवाग्राही पनि चिन्तित र लगानी डुब्ने डर पनि हुने हुनाले सचेत भएर काम गर्न सुझाए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अरुण कुमार साहले संस्थाको वार्षिक प्रतवेदन प्रस्तुत गरेका थिए । संस्थाका शाखा इन्चार्ज अनिल कुमार साहले संस्थाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका सलाहकार कलिस्टर साह कानु, राजेश प्रसाद गुप्ता, मुन्ना तिवारी, संस्थाका सदस्य प्रमोद पटेल लगायत लगानी कर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य सुरेन्द्र प्रसाद पटेलले गरेकाे कार्यक्रमकाे सञ्चालन उमेश प्रसाद यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...