Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

युवा संघ, पर्साको प्रथम बैठक तथा सपथ ग्रहण सम्पन्न

spot_img
spot_img

वीरगंज । युवा संघ नेपाल, पर्साको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न भएको छ । वीरगंजकाे बसपार्कस्थित होटल हिमालमा भएकाे कार्यक्रममा भुपेन्द्र साहकाे अध्यक्षतामा गठित १२१ सदस्यीय युवा स‌घका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

नव गठित जिल्ला समितिकाे उपाध्यक्ष श्रीलाल कुशवाहा, सचिव रबि गुप्ता, सह सचिव आकाश पटेल, सदस्यहरुमा मुन्ना चाैधरी, पवन पटेल, अनिल कुमार कुशवाहा, सुनिल कुमार गुप्ता, दिपक साह, अनिश पटेल, रकि खान अ‌‌सारी लगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थपाले एमाले एक जना म, म भन्ने र उनको पछि बा, बा भन्दै चाकरी गर्नेहरुको पार्टीको रुपमा रुपान्तरण भएपछि बिद्रोह गर्दै नेकपा एकीकृत समाजबादी निर्माण भएको बताए ।

अध्यक्ष थापाले एमाले पार्टी पुजीवादीहरुको नियन्त्रणमा गइसकेको हुनाले त्यस पार्टीबाट समाजबादी क्रान्ति सम्भव नरहेकोले सम्पुर्ण क्रान्तिकारीहरुलाई एकीकृत समाजबादी पार्टीमा गोल्बन्द हुन अहवान समेत गरे ।

युवा संघ नेपाल, पर्साका अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा भएकाे कार्यक्रममा एकीकृत समाजबादी पार्टीका वीरगंज माहानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका सचीव अरुण यदाव, प्रदेश न.२ का अध्यक्ष अर्जुन सिंह, एकीकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

स्वागत मन्तब्य युवा संघ बिरगंज माहानगर कमिटीका उमेश ठाकुर र संचालन सह – सचिव अकाश पटेल ले गरेका थिए । बिस्तारित बैठक बाट विभिन्न स्थानीय तहहरुको कर्यबिभाजन गरि सकिने युवा संघ नेपालका सचिवालय सदस्य बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...