Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

प्रधानमन्त्री देउवाद्वारा सरकारका १५ काम सार्वजनिक

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विगत दुई महिनाको सरकारको कामको सूची सार्वजनिक गरेको छ । देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना बितिसक्दा पनि काम प्रभावकारी नभएको भनी आलोचना सुरु भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले प्रगतिका १५ बुँदे सूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका हुन् । पार्टी र गठबन्धन भित्रै देउवा सरकार असफल बन्दै गएको भन्दै आलोचना हुँदै आएको छ । उक्त आलोचनाहरुलाई चिर्न प्रधानमन्त्री देउवाले आफूले गरेका प्रगति र सुधारको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पद सम्हालेका देउवाले आफ्ले महत्वपूर्ण उपलब्धी हासिल गरेको पनि दाबी गरेका छन् । प्रधानमन्त्री सचिवालयले शनिबार सार्वजनिक गरेको १५ बुँदे सूचीमा कोरोना भाइरस विरुद्धको अभियान सफल बन्दै गएको र खोपको व्यवस्थापन राम्रो भएको विशेष प्राथमिकताका साथ उल्लेख गरेका छन् ।

कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई सही जिम्मेवारी दिने नीति अनुरुप विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति लगायतलाई देउवाले आफ्नो महत्वपूर्ण उपलब्धि ठानेका छन् ।

खोप केन्द्रको चुस्त व्यवस्थापन र एकैदिन तीन लाखलाई खोप दिन सफलता प्राप्त गरेको साथै १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लागेको सार्वजनिक भएको सूचीमा उल्लेख छ । त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज ल्याएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उदार तथा राहत र पुनस्र्थापनालाई प्राथमिकता दिएको तथा कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि गरेको पनि सूचीमा उल्लेख गरिएको छ । क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत वितरण सुरु गरिएको पनि सूचीमा उल्लेख छ ।

राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था र विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रमलाई उपलब्धी ठानिएको छ । भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद लगायतका विषय पनि देउवा सरकारको सफलताका रुपमा लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...