Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

अनेरास्ववियु क्रान्तिकारी पर्साको अध्यक्षमा कविराज पटेल चयन

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्साको अध्यक्षमा कविराज पटेल चयन भएका छन् । अनेरास्ववियु पर्साको छैठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति घोषणा गरिएको हो ।

समितिको बरिष्ठ उपाध्यक्ष हिमाल सागर कुँवर, उपाध्यक्ष बब्लु कुश्वाहा, सोनु शेख, सचिवमा सोयब आलम, सहसचिवमा धर्मेन्द्र पटेल, बबिता साह र लहावर राम चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुष्मा चौरसिया सहित ५१ सदस्य चयन भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक प्रभाकर गुप्ताले जानकारी दिए ।

भदौ ३० गते सम्पन्न सम्मेलनको बन्दसत्रमा अन्य पदाधिकारी सर्वसम्मत भएपनि नेतृत्वका लागि दुईजनाको दावी भएपछि सहति जुट्न सकेको थिएन । तत्कालिन संयोजक कबिराज पटेल र सहसंयोजक संदीपविक्रम शाहले नेतृत्वमा दावी गरेपछि चयन हुन सकेको थिएन ।

पार्टी जिल्ला अध्यक्ष विजय महतो, महानगर इन्चार्ज रहबर अन्सारी, प्रदेश समिति सदस्य रामदरश कुश्वाहा र विद्यार्थी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजक प्रभाकर गुप्ता, पर्सा इन्चार्ज जुवैर आलम, स्वयंसेवक विभाग प्रदेश २ संयोजक इश्क कुमार लगायतका नेताहरुबीच भएको लामो छलफलपछि पटेललाई अध्यक्षमा चयन गर्ने सहमति जुटेको हो ।

शुक्रबार अबेर राति पटेललाई अध्यक्षमा घोषणा गरिएको केन्द्रीय सदस्य इश्क कुमारले बताए । नेतृत्वमा विवाद देखिएपछि पहिलेकै संयोजकलाई नै अध्यक्ष बनाउने संगठनको केन्द्रीय निर्णय अनुसार नै पटेललाई अध्यक्षमा चयन गरिएको संगठनका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलमले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...