Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

बाराबाट नक्की नाेटकाे काराेबार गर्ने गिराेहका ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले एक हाेटलमा छापामारी गरी नेपाली नक्कली नाेटसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी रौतहट गुजरा नगरपालिका वडा नं.३ बलुवा टोल बस्ने वर्ष २४ को सुनिल कुमार राम, साेही ठाउँमा वर्ष ३६ को रबिन्द्र कुमार चौधरी, बाराकाे करैयामाई गाउँपालिका वडा न. ५ बस्ने वर्ष ३६ को बिशेश्वर प्रसाद चौधरी, कलैया उपमहानगरपालिकाकाे वडा नं.९ रामपुर टोल बस्ने वर्ष २४ को सागर शुक्ला र कलैया उपमहानगरपालिका वडा नं. ९ टेङरहर टोल घर भई हाल बारा कै बिश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाही टोल बस्ने वर्ष २५ को राजु कुशवाहालाई पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ बजे निजगढ नगरपालिका वडा नं. ८ स्थित रहेको तारा ईन होटलमाबाट पांचै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

हाेटलमा कोठा भाडा लिई केही दिनदेखी नेपाली नक्कली नोटहरुको कारोबार भइरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले उक्त होटलमा खानतलासी गर्दा नक्की नेरु एक सयकाे २५ थान बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी उपरिक्षक दिपेन्द्र साहीले वताए ।

उक्त होटलको लुम्बिनी कोठाभित्र प्रहरी प्रवेश गर्नसाथ सो कोठामा रहेका पक्राउ परेका व्यक्तिहरू भाग्न खोज्दा निजहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा निजहरूले झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा नक्कली ने.रू.१०००/- दरको २५ थान नोट फेला पारी निजहरूले प्रयोग गरेको सोही होटलमा पार्किङ गरेको बा ९१ प ७४३५ नं. को मो.सा. थान-१ र बा १४ च ९३८२ नं. को स्कारपियो गाडी थान-१ समेत बरामद भएकाे उनले जानकारी दिए ।

त्यसपछि सोधपुछ गर्दा निजहरू मध्येका सुनिल कुमार रामको घरमा नक्कली नोट बनाउने कागजातहरू लुकाइ छिपाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ सम्बन्धित इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तत्काल खानतलासी गर्दा नेरू एक सय दरको नोट अकारको प्रति गड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेरु एक हजार दरको नोट थान-३९ र BR 05 Q 4610 नं. को सुपर स्पलेण्डर मोटरसाइकल थाना-१ र प्रदेश २-०३-००१प ४२६५ नं.को २२० CC पल्सर मोटरसाइकल थान-१ समेत बरामद गरिएको प्रहरी उपरिक्षक साहीले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...