Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

स्राेत नखुलेकाे ५ लाखसहित वीरगंजका अंसारी पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट हुन्डी काराेबार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चाैकी  इनार्वाबाट खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२ बस्ने ४३ बर्षिय महमद आसिफ अंसारीलाई पक्राउ गरेकाे हाे ।

प्रहरी चौकी ईनर्वाबाट वीरगंज महानगरपालिकाकाे वडा नं. १६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले आइतबार विहान १०:३० बजे भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलमा सवार अंसारीकाे हेल्मेट भित्र श्रोत नखुलेको नेपाली रू ५ लाख बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मोटरसाइकलसहित अंसारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...