Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा अलाैंमा स्थानिय अगुवाहरुसंग छलफल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा शुक्रबार मुस्लिम समुदायका अगुवाहरुसंग भेटघाट गरेका छन् ।

मुस्लिम समुदायका अगुवाहरुको निमन्त्रणामा मेयर सरावगीले अलौस्थित जामे मस्जिदमा समुदायकाे अगुवासंग भेटघाट गर्दै विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका हुन् । 

मेयर सरावगीले मुस्लीम अगुवाहरुसँगको छलफलपछि स्थानीय अगुवाहरुसँग पनि छलफल गर्नुकाे साथै वडा नं. १७ मा नगरस्तरीय बजेटबाट निर्माण भईरहेको योजनाहरुको स्थलगत अनुगमन पनि गर्नु भएको उनकाे सचिवालयले जनाएको छ ।

छलफलकाे क्रममा मेयर सरावगीले अलाैंमा इदगाह निर्माणकाे लागि रु १० लाख, कब्रीस्तानको कम्पाउन्ड निर्माणको लागि हरियाली वीरगंज योजनाबाट बजेट छुट्याउने, अधुरो मदर्शा निर्माणकाे लागि समेत बजेटको ब्यबस्थापन गरि निर्माण गर्ने आश्वासन दिए ।

साे क्रममा जिल्ला समन्वय समिति पर्साका सदस्य अमोद यादव, स्थानिय अगुवा बिरेन्द्र यादव, धर्मदेव यादव, अजय साह लगायत स्थानीय नेता कार्यकर्ताको उपस्तिथि रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...