Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बारामा पेस्तोलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले युएसए पेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ । बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादव र साेही ठाउँ बस्ने बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बारा मातहतकाे समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ६ स्थित बिधायक होटेलबाट मंगलबार दिउसाे ४ बजे पाेस्ताेलसहित दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ परेकाहरुकाे साथबाट लुकाई छिपाई राखेको अवस्थामा Made in USA नं.७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान-१ र एक्स्ट्रा म्याग्जिन थान-१ सहित फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...