Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा पेस्तोलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले युएसए पेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ । बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादव र साेही ठाउँ बस्ने बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बारा मातहतकाे समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं. ६ स्थित बिधायक होटेलबाट मंगलबार दिउसाे ४ बजे पाेस्ताेलसहित दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ परेकाहरुकाे साथबाट लुकाई छिपाई राखेको अवस्थामा Made in USA नं.७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान-१ र एक्स्ट्रा म्याग्जिन थान-१ सहित फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...