Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

परिक्षार्थीहरुलाई खाेप लगाउन अखिल क्रान्तिकारी जीतपुरकाे माग

spot_img
spot_img

वीरगंज । परिक्षार्थीहरुलाई काेराेना विरुद्धकाे खाेप लगाउन अखिल क्रान्तिकारी जितपुर सिमराले माग गरेकाे छ ।

अखिल क्रान्तिकारीले जीतपुर सिमरा उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमरा मार्फत जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापन पत्र बुझाउँदै कक्षा १२ का परिक्षार्थीहरुलाई काेराेना विरुद्धकाे खाेप लगाउन माग गरेकाे हाे ।

अखिल क्रान्तिकारी जीतपुर सिमराका अध्यक्ष दिपेन्द्र यादवकाे नेतृत्वमा गएकाे विद्यार्थी नेताहरुले जीतपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा सह संयाेजक बाबुलाल सहनी र इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल ज्ञापन पत्र बुझाउँदै खाेप लगाउन माग गरेका हुन् ।  

ज्ञपान पत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष यादवले १२ कक्षाको परीक्षा तयारी गरिरहेका सबै परीक्षार्थीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाएपछि मात्रै परीक्षा गरिने भनेर राष्ट्रिय परीक्षा बोर्डले भनिसकेको अवस्थामा जीतपुर सिमरा उपमहानगरपालिकामा परिक्षार्थीहरुलाई खाेप लगाउन कुनै तयारी नदेखिएकाेले ध्यानकार्षण गराइएकाे वताए ।

उनले भने “बोर्डकै पहलमा कक्षा १२ को परीक्षा पर्खेर बसेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोभिड विरुद्धको भ्याक्सिन दिने काम देशका विभिन्न स्थानमा भइरहेको छ । नजिकैको वीरगञ्ज महानगरपालिकाले समेत कक्षा १२ का परीक्षार्थीलाई भ्याक्सिन लगाउन सुरु गरिसकेको छ । तर जीतपुर सिमरा उपमहानगरपालिकाले भने यझै यसतर्फ कुनै सुनुवाई नै गरेकोले ज्ञापन पत्र मार्फत खाेप लगाउन ध्यानाकर्षण गराएका हाैं ।”

राष्ट्रिय परीक्षा बोर्डले यही महिनाको अन्त्य वा असोजको पहिलो सातादेखि परीक्षा गर्ने तयारी गरिरहेको छ । सबै परीक्षार्थीलाई भ्याक्सिन लगाइसकेको निश्चित गरेपछि बोर्डले परीक्षा लिने निश्चित छ । तर जीतपुर सिमारा उपमहानगरपालिकाले विद्यार्थीलाई अहिलेसम्म भ्याक्सिनको व्यवस्था नगरिदिँदा आउँदो परीक्षा दिन पाउने हो कि होइन भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ ।

कक्षा १२ को परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरी विद्यार्थीको भविष्यमा खेलवाड नगरिदिन अखिल क्रान्तिकारी जीतपुर सिमरा उपमहानगर कमिटी अनुरोध छ । उपमहानगरले भ्याक्सिन उपलब्ध नगराएकै कारण विद्यार्थीको परीक्षा छुट्ने स्थिति आउनु हुँदैन पनि ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएकाे छ ।

ज्ञापन पत्र बुझाउनमा अखिल क्रान्तिकारी जीतपुर सिमराका उपाध्यक्ष शशिकान्त चौधरी, श्यामकुमार पासवान, सचिव तोप बहादुर श्रेष्ठ(रवि), कोसाध्यक्ष शुष्मा श्रेष्ठ, सह सचिव दिलशाद आलम, सदस्य प्रशांत बजगाई लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...