Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

असाहय समिक्षालाई सान इन्टरनेशनल कलेजले नि:शुल्क शिक्षा प्रदान गर्ने

spot_img
spot_img

काठमाडौ । पिताको निधनपछी असाहय बनेकी सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६ कि समीक्षा बस्नेतलाई काठमाडौंको सान इन्टरनेशनल कलेजले नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

समिक्षालाई कलेजले कक्षा ५ देखी कक्षा १२ सम्म नि:शुल्क पढाउने गरि भर्ना लिएको हो । उनका पिता नेत्र बस्नेतको गत साउन २७ गते एपेण्डीसाईटका कारण ३६ वर्षकै उमेरमा मृत्यु भएको थियो । कक्षा ४ मा अध्ययनरत उनकी छोरी समिक्षाको पठन पाठनमा सहयोग पुर्याउने हेतुले उक्त कलेजले सतप्रतिशत छात्रवृत्तिमा उच्च शिक्षासम्म प्रदान गर्ने भएको हो ।

कलेजले साेमबार एक औपचारिक कार्यक्रम आयोजना गरी समिक्षालाई विद्यालयमा स्वागत गर्दै औपचारिक रुपमा भर्ना लिएको छ । सुनकोशी गाउँपालिकाका वडा न ६ का अध्यक्ष रामकुमार थापाको समन्वयमा समिक्षालाइ सो कलेजमा भर्ना गराइएको हो ।

छात्रा समिक्षालाई आफ्नो बिद्यालयमा स्वागत गर्दै कलेजका प्रधानाध्यापक बिष्णु पाण्डेले उनको शिक्षामा कुनै किसिमको कमी हुन नदिने प्रतिवद्धता जनाए । उनले आफ्नो कलेजले विगतका दिनमा पनि गरिब, असाहय तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको बताए ।

‘शिक्षालाई नाफामुलक ब्यवसायको रुपमा भन्दा पनि सामाजिक र मानसिक बिकासको पाटोको रुपमा ग्रहण गर्न आवश्यक रहेको छ ।’ प्रधानाध्यापक पाण्डेले भने-‘हामी हाम्रा विद्यार्थीबाट मासिक शुल्कको आशा भन्दा पनि विद्यार्थीको ब्यवहार र प्रवृत्तिमा कस्तो परिवर्तन आयो भन्नेमा बढी ध्यान दिन्छौ ।’

समिक्षालाई नि:शुल्क शिक्षा प्रदान गराउनको लागि पहलकदमी भूमिका निर्वाह गर्ने वडाध्यक्ष रामकुमार थापाले सान इन्टरनेशनल कलेजले विगतका दिनमा पनि सिन्धुपाल्चोकको बाढिपीडित परिवारका अन्य बालबालिकालाई पनि नि:शुल्क शिक्षाको जिम्मेवारी बोकेको स्मरण गर्दै आफ्नो पिता गुमाएर असाहय भएकी समिक्षा बस्नेतको समेत अबिभावकत्व ग्रहण गरिदिएकोमा बिद्यालयका ब्यवस्थापन पक्षलाई धन्यवाद ब्यक्त गरे ।

मृतक नेत्र बस्नेतको परिवारलाई थुम्पाखर एकता समाजका सदस्यहरु मार्फत साहनुभुती स्वरुप रु १ लाख ५७ हजार आर्थीक सहयोग संकलन गरी पिडीत परिवारलाई प्रदान गरीएको बताउदै समाजका सँस्थापक अध्यक्ष दिपेश भण्डारीले आफ्नो गाऊँठाऊँका सदस्यहरुलाई अफ्ठेरो पर्दा युवाहरु एक जुट हुने गरेको बताउनु भयो ।

समाजिक अभियन्ता यज्ञराज कार्कीले मृतक बस्नेतको परिवारका निमित्त सामाजिक संजाल मार्फत थालेको आर्थिक संकलन अभियानमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आर्थिक सहयोग भन्दा पनि सैक्षिक सहयोगको अपरिहार्यता रहेको बताउदै अबोध बालिकाको सिक्षामा सहयोग गरेकोमा शान इन्टरनेशन कलेज प्रती आभार ब्यक्त गरे ।

कार्यक्रममा थुम्पाखर एकता समाजका उपाध्यक्ष रामचन्द्र कार्की, कोषाध्यक्ष हरी कार्की, समाजसेवी युवा प्रमोद तमाङ्ग लगायत समिक्षाकी आमा संगिता दहाल बस्नेत समेतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...