Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

नेपालका पत्रकारलाई भारतको जम्मुमा सम्मान

spot_img
spot_img
वीरगंज । नेपालबाट भारत भ्रमणमा गएको वीरगंजका पत्रकारहरुको टोलीलाई भारतको जम्मु कश्मिरका उद्योगी व्यवसायीहरुले भव्य रुपमा सम्मान गरेका छन् ।
 
जम्मुस्थित चेम्वर अफ कमर्सको भवनमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्स जम्मुका अध्यक्ष अरुण गुप्ता सहितको पदाधिकारीहरुले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण गएका १४ जना वीरगंजका क्रियाशिल पत्रकारहरुलाई दोस्ला ओढाएर मायाको चिनोले स्वागत तथा सम्मान गरेकाे हाे ।
 

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स जम्मुका अध्यक्ष गुप्ताले भारत सरकारद्वारा ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० र ३५ (ए) खारेज पछि बर्षाै देखी अपेक्षित समुदायले न्याय पाएकाे वताए ।

उनले बर्षाैं देखी जम्मु कश्मिरमा बसाेबास गर्दै आएका बालमिकी, गाेर्खाली, पश्चिमी पकिस्तानी शर्णाथी लगायतका उपेक्षित समुदायहरुले न्याय पाएकाे वताए ।

कार्यक्रममा सहभागी गोर्खा समाजकी अध्यक्ष करुण क्षेत्रीले विगत २ सय वर्षदेखि बसोबास गरि देशको सुरक्षा गर्दै आएपनि आफूहरुको कुनै पहिचान नरहेको अवस्थामा नरेन्द्र माेदी नेतृत्व सरकारको ऐतिहासिक निर्णणले आफूहरुलाई अधिकार पाएको वताइन ।

‘अहिले गोर्खा समाजका बालबालिकाहरुले आफ्नो अधिकार पाएका छन् । अध्ययन गर्न पाएका छन् । सरकारी निकायको उच्च स्थानमा जागिर खाने भएका छन्’, भन्दै अध्यक्ष क्षेत्रीले भारत सरकारले आफूहरुलाई केही अधिकार दिएपनि केही अधिकार अझै बाँकी रहेको गुनासो पोखिन् ।

सरकारले आफूहरुलाई यहाँका नागरिक सरह अधिकार दिएपनि केही अधिकारको कमीको कारण आफूहरु यहाँ जग्गा जमिन, घर खरिद गर्न सक्ने अवस्था नरहेकोले त्यो बाधा ब्यवधान हटाई दिन भारत सरकारसँग आग्रह गरिन् । उनले आफूहरु यहाँका प्रशासनक निकायका परिवार सरह नै रहेकोले तिनीहरुले भारत सरकारबाट पाउने सेवा सुविधा आफूहरुले पनि पाउनुपर्ने माग गरिन् ।

यसैगरि रिफियूजी समाजका अध्यक्ष लभराम गान्धीले सन् १९४७ मा भारत पाकिस्तान बटवारा हुँदा अहिले पाकिस्तान रहेको स्थान (तत्कालीन भारत) बाट घरबार छाडेर जम्मु कस्मिरमा आएर बसोबास गर्दै आएकोमा भर्खरै २ वर्षदेखि मात्रै आफूहरु स्वतन्त्रता प्राप्त गरेको बताए । भारतले ७५ वर्ष अघि स्वतन्त्रता प्राप्त गरेको भएपनि आफूहरुले सन् २०१९ अगस्ट ५ मा मात्रै स्वतन्त्रता प्राप्त गरेको बताए ।

भारत–पाकिस्तान बट्वाराको समयमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निर्देशनमा भारतीय नागरिक सरह नै अधिकार पाउने गरि यहाँ आएर बसोबास गरेको तर आफूहरु आफ्नो आधार कार्डलगायत भोटर कार्डबाट बञ्चित हुँदै आएको अवस्थामा सन् २०१९ अगस्ट ५ मा भएको ऐतिहासिक निर्णयले आफूहरुलाई स्वतन्त्रता प्राप्त भएको बताए ।

साथै गान्धीले गणतान्त्रिक मुलुकमा पनि आफूहरु लामो समयदेखि आफ्नो अधिकारबाट बञ्चित हुँदै आएको तर, अहिले भारत सरकारले आफुहरुको अधिकार दिएको भन्दै प्रधानमन्त्री मोदीलाई पनि धन्यवाद दिए ।

जम्मु कस्मिर सरकारले विगत ६० वर्ष अघि सरसफाई गर्नका लागि २७१ परिवारलाई ल्याएर जम्मु कस्मिरको विभिन्न स्थानमा राखेको तर हालसम्म यहाँको नागरिक सरह सेवा सुविधा नदिई अधिकारबाट बञ्चित गर्दै आएको तर दुई वर्षअघि मात्रै आफूहरुले आफ्नो अधिकार प्राप्त गरेकोले आफूहरु सन् २०१९ मा स्वतन्त्रता पाएको बताए ।

कार्यक्रममा नेपालका पत्रकार रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले आफूहरुले नेपाल र भारत बिच पारिषपरिक सम्बन्ध रहेकाे वताए । उनले चेम्बर अफ कमर्स जम्मु धन्यावाद दिदै नेपाल भ्रमणको निमन्त्रण समेत दिए ।

सम्मान कार्यक्रममा पत्रकारको टोलीले उद्योग वाणिज्य संघ जम्मुका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाली झण्डा र क्रस खुकुरीको ब्याच लगाई दिएका थिए । सो अवसरमा पत्रकार वृजलाल पासवान, मनोज पटेल, नरेश सर्राफ, शम्भु कुमार सुमन लगायतले आ–आफनो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ जम्मुका वरिष्ठ उपाध्क्ष अनिल गुप्ता, उपाध्यक्ष राजिव गुप्ता, महासचिव स्वरभ गुप्ता, सचिव राजेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।
 
त्यसैगरी पत्रकार टोलीलाई राष्ट्रिय स्वयं सेवक संघ जम्मुले पनि सम्मान गर्नुका साथै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
 
वीरगंजबाट गत सोमबार भारत भ्रमणका लागि बृजलाल पसवान, मनोज पटेल, नरेश सर्राफ, अमित साह, शम्भु कुमार सुमन, अजय चौरसिया, हरीशंकर शर्मा, संतोष साह, उदय दास लगायतका १४ जना संचारकर्मीहरुको टोली गएको छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा...

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...