Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बहुदरमाईबाट लागु औषध गाँजा बरामद

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे एक घरुबाट लागुु औषध गाँजा बरामद भएकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ स्थित असगर देवान भन्ने नैमाेदिन देवानकाे घरबाट ३५ किलाे लागुऔषध गाँजा बरामद गरेकाे हाे ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा साे ठाउँमा लागु औषध गाँजाको ओसारपसार हुने गरेकाे सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले आइतबार ०३:०० बजे छापा हानेकाे थियाे । 

प्रहरी टोलीलाई देख्नासाथ देवान भागी फरार भएको र निजको घरकोठा रीतपूवर्क खानतलासी गर्दा निज सुत्ने कोठाभित्र जस्ताको बक्सामुनी लुकाइछिपाई राखिएको लागु औषध गाँजा २० के.जी. र भन्साकोठामा राखिएको गाँजा १४ के.जी. गरी जम्मा ३४ के.जी. लागु औषध गाँजा फेला प्रहरीले जनाएकाे छ ।

बरामद उक्त गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

साथै निज असगर देवान भन्ने नैमोदिन देवानको तदारुक्ताका साथ खोजतलास भइरहेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...