Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

बहुदरमाईबाट लागु औषध गाँजा बरामद

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे एक घरुबाट लागुु औषध गाँजा बरामद भएकाे छ ।

- Advertisement -

इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं. ९ स्थित असगर देवान भन्ने नैमाेदिन देवानकाे घरबाट ३५ किलाे लागुऔषध गाँजा बरामद गरेकाे हाे ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा साे ठाउँमा लागु औषध गाँजाको ओसारपसार हुने गरेकाे सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले आइतबार ०३:०० बजे छापा हानेकाे थियाे । 

प्रहरी टोलीलाई देख्नासाथ देवान भागी फरार भएको र निजको घरकोठा रीतपूवर्क खानतलासी गर्दा निज सुत्ने कोठाभित्र जस्ताको बक्सामुनी लुकाइछिपाई राखिएको लागु औषध गाँजा २० के.जी. र भन्साकोठामा राखिएको गाँजा १४ के.जी. गरी जम्मा ३४ के.जी. लागु औषध गाँजा फेला प्रहरीले जनाएकाे छ ।

बरामद उक्त गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

साथै निज असगर देवान भन्ने नैमोदिन देवानको तदारुक्ताका साथ खोजतलास भइरहेको उनले जानकारी गराए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा अवैध ईभी स्कुटरविरुद्ध कडाइ, फेरी १३ स्कुटर पक्राउ

वीरगंज । ट्राफिक प्रहरी कार्यालय वीरगंजले आइतबार चेकजाँच अभियान सञ्चालन गर्दै १३ वटा ईभी (इलेक्ट्रिक) स्कुटर नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका...

चौहान समाज पर्साकाे सम्मेलन सम्पन्न, दुई समिति गठन

वीरगंज । नेपाल चौहान समाज कल्याण समितिको बृहत सम्मेलन पर्साको पोखरियास्थित हनुमान मन्दिरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद चौहानको अध्यक्षता तथा पोखरिया...

२५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ

वीरगंज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले...