Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

सुन र चाँदीका गर गहनासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । भारतबाट अवैधरूपमा सुन र चाँदीका गरगहानाहरु ल्याउँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

ईलाका प्रहरी कार्यालय पोखरियाको चेकिङ टोलीले आइतबार विहान ०९:१५ बजे पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.२ निवासी १९ बर्षिय साेनु कुमार साेनारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ स्थित सडक खण्डमा शंकास्पदरूपमा पैदल हिंडिरहेका निम्न व्यक्तिलाई रोकी निजको तलासी लिँदा निजले बोकेको कालो रंगको  ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.९७० ग्राम र सुन जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १४.४०० मिली ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।

निजलाई उक्त  सुन चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...