Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकाको बजेट ४० करोड ५ लाख

spot_img
spot_img

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका कार्यालयमा शनिबार आयोजित छैठौं गाउँसभामा बजेट प्रस्तुत गरिएको हो । 

सामाजिक सुरक्षा भत्ता ७ करोड, संघीय र प्रदेश सरकारको वित्तिय समानीकरणबाट प्राप्त हुने रकम क्रमशः ११ करोड ६८ लाख र ७९ लाख ८२ हजार, प्रदेशबाट आउने विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, आन्तरिक अनुदान ६ करोड र गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत आउने ५ लाख ४६ हजार रुपैयाँ गरी ४० करोड ५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याइएकाे गाउँपालिकाले जनाएकाे छ ।

बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता राखिएको गाउँपालिका अध्यक्ष जालिम मियाँ मन्सुरीले वताए । उनले गाउँपालिकामा आफूले सक्ने विकास गरेको दावी गरे ।

‘एक हजार ५ सय वटा जति योजना केन्द्रबाट आयो, ३ हजारको हाराहारीमा गाउँपालिकाको योजनाबाट काम भएको छ । ५ सय वटा जति योजना प्रदेश सरकारबाट आएको थियो’ उनले भने ‘टोल टोलमा विकास पुगेको छ । पक्की हुन बाँकी रहेको सडक पनि ढलान गरेर आमा, दिदिबहिनी, छोरी बुहारीलाई चप्पल हातमा लिएर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्छु ।’

४ हजार जेष्ठ नागरिकलाई छाता, लाइट, कम्बल बाँडिसकेको बताउँदै उनले ८ हजार परिवारलाई ग्याँस सिलिण्डर दिने तयारी भइरहेको सुनाए । उनले आफ्नो नाममा रहेको १४ कठ्ठा जमिन गाउँपालिकालाई दिने घोषणा समेत गरेका छन् ।

गाउँ कार्यपालिका कार्यालयकाे सभा हलमा भएकाे गाउँ सभामा वडाध्यक्षहरु मंगरू राउत गदी,  प्रभु प्रसाद नुनिया, गाउँपालिकाकाे याेजना शाखा प्रमुख दिपेन्द्र चाैधरी इन्जिनियर सदाम हुसेन लगायतकाे सहभागिता रहेकाे थियाे । 

गाउँ सभामा उपस्थित ३ दर्जन पत्रकारहरुलाई सम्मान समेत गरिएकाे थियाे ।  कार्यक्रमकाे संचालन स्वास्थ्य संयोजक प्रबेन्द्र साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...