Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान पर्सामा गठन

spot_img
spot_img

वीरगंज । नेपाललाई हिन्दुराष्ट्र कायम गराउँन हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान पर्सामा गठन गरिएको छ । गाउँ गाउँ हामी जाऔं—आफनो धर्म आर्फै बचाऔ, धर्म रिपेक्षतालाई डाँडो कटाऔं हिन्दुराष्ट्र पुन लेखाऔं भन्ने मुल नाराका साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान अन्तरर्गत पर्सामा गठन गरिएको हो ।

विश्व हिन्दु परिषदले विभिन्न हिन्दुवादी संघ सगठनको शुक्रबार वीरगन्जमा गराएको भेलाले पूर्व प्रधानाध्यापक सत्रुधन गिरीको संयोजगत्वमा ६ सदस्यीय हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

नव गठित तदर्थ समितिको सदस्यमा अधिवक्ता विजय कुमार, उपभोक्ता मंचका धिरज शर्मा, अधिकारकर्मी जयकरण मिश्र र सुनिल मल्लिक रहेका छन । तदर्थ समितिले एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा संगठन विस्तार समितिको मुल रुप दिने संयोजक गिरीले बताए ।

नव गठित तदर्थ समितिका संयोजक गिरीले जिल्लाभर सुतेको हिन्दुलाई जागरुक बनाई आफनो धर्म र संस्कृतिको रक्षाको निम्ती नेपाललाई पुन हिन्दुराष्ट्र कायम गराई हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानलाई सफल बनाउँन प्रतिबद्धता जनाए ।

भेलालाई सम्बोधन गर्दै अभियानका अभियानता तथा विश्व हिन्दु परिषद संगठन मन्त्री जितेन्द्र कुमार सिंहले नेपाललाई पश्चिमि मुलुकको ईसारामा जबरजस्ती धर्मनिरपेक्ष बनाईएको आरोप लगाए ।

उनले भने, मुलुकका प्रमुख राजनितिक दलहरुले युरोपियन डलरमा आफनो धर्म संस्कारलाई नै बेचेर जबरजस्ती हिन्दुराष्ट्र खारेज गरेका हुनाले नेपाललाई पुन हिन्दु राष्ट्र कामय गराउँन देशभरीको हिन्दु समाज सगठित हुनुपर्छ ।

धर्मनिरपेक्षताको आड्मा मुलुकमा बढ्दै गएको ईसाई र मुस्लीमिकरणका कारण हिन्दुधर्म नै संकटमा पर्न थालेको भन्दै नेपालमा रहेको ९४ प्रतिशत ओमकार परिवारले समयमै सचेत भई आफनो धर्मको रक्षाको निम्ती पनि अगाडी बढ्नु पर्नेमा जोड समेत उनले दिए ।

हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्धिवेद्धीको संयोजगत्वमा सम्पन्न भएको भेलामा विभिन्न हिन्दुवादी संघ संगठन, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...