Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

खसीको मासु भनी बाख्राको मासु विक्री गर्ने पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले खसीकाे मासु हाे भनी बाख्राकाे मासु बिक्री गर्ने एक जनालाई वीरगंजबा पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मुर्लीका २८ बर्षिय राेज अन्सारीलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा खसीकाे मासु भनि बाख्राकाे मासु बिक्री गर्ने अंसारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी टाेलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले अंसारीलाई सो मासुसहित नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

साथै उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजतलास भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...