Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

करैयामाईकाे गाउँ सभा अझै भएन, जनप्रतिनिधि विच नै विवाद

spot_img
spot_img

बारा । आर्थिक बर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम पारित नहुँदै बाराको करैयामाई गाउँपालिकाले बिकास निर्माणकाे कार्य सुरु गरेकाे छ ।

असार १० गते भित्र गरि सक्नु पर्ने गाउँ सभा करैयामाई गाउँपालिकाकाे अझै सम्म हुन नसकेकाे वडा नं. १ वडा अध्यक्ष सोनालाल साहले बताए । गाउँ सभाबाट नीति तथा कार्यक्रम पारित गरेर मात्र नयाँ आर्थिक बर्षमा विकास निर्माण कार्य गर्न पाइने सरकारी नियम भएपनि गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको निर्देशनमा गाउँपालिकाले १ करोड बराबरको लागतमा सडक निर्माण कार्य अगाडि बढाएको वडाध्यक्ष साहले बताए ।

गाउँपालिका अध्यक्ष धामीले गाउँ सभा नै नगरी गाउँपालिकाको वडा नं. ५ र ७ मा पर्ने ढोरियादेखि पिपरा र पिपरादेखि ढोरियासम्मको बाटो निर्माण कार्य अगाडि बढाएर बजेट दुरुपयोग गरेकाे वडाध्यक्ष साहले आराेप लगाए ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष धामीसँग बुझ्दा उपभोक्ता समिति मार्फत काम भईरहेको तथा ६ सय मिटरको सडक ढलान गर्न दुई वटा उपभोक्ता समिति गठन गरी काम भईरहेको बताए ।

उनले गाउँपालिकाका प्रशासकीय अधिकृतले नियमसंगत ढङ्गले कार्य आदेश दिएको दाबी गरे । गापा अध्यक्ष धामीले गएको आर्थिक वर्षको बाँकी काम १८ नम्बर फाइलमा लगेर गर्न मिल्ने प्रतिक्रिया दिए । तर, गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष उमेश चौधरीले आफुलाई यसबारे केही थाहा नभएको र आफ्नै वडामा बनाएको उपभोक्ता समिति बारे पनि आफुलाई केही जानकारी नभएको वताए ।

वडाध्यक्ष चौधरीले गाउँपालिकाका अध्यक्षले ठाडो शैलीमा नियम मिचेर काम अगाडि बढाएको बताए । गाउँसभाबाट नीति र कार्यक्रम पारित नभई योजना समेत छनोट भई नसकेको अवस्थामा अध्यक्ष र प्रशासकिय अधिकृतको मिलोमतोमा यस वर्षको बजेट दुरुपयोग भएपछि गाउँपालिकाको बोर्ड सदस्य र कर्मचारीमा चरम असन्तुष्टि रहेको छ ।

बजेट दुरुपयोगबारे चरम असन्तुष्टि रहेपनि आफ्नो वडाको बजेट कटौती हुने डर्रले कसैले पनि कुनै प्रतिक्रिया नजनाएको श्रोतको दाबि छ ।

यता, वडा नं. २ का वडाध्यक्ष सुरेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतले कुनै न कुनै नियमलाई टेकेर बजेट प्रयोग गरेको हुनसक्ने बताएका छन् ।

यस विषयमाम योजना प्रमुख विरेन्द्र कुशवाहा र वरिष्ठ इन्जिनियर अवधेश प्रसादसँग प्रतिक्रिया लिन खोज्दा प्रष्ट प्रतिक्रिया आएन । उपभोक्ता समिति मार्फत निर्माण कार्य भईरहेको भनिए पनि सडक ढलान ठेकेदार मार्फत भईरहेक स्थानियहरुले वताएका छन् ।

स्थानीयहरुका अनुसार गापा अध्यक्ष धामीले आफ्ना आसेपासेलाई उपभोक्ता समिति बनाएको भए पनि काम ठेकेदार मार्फत नियम विपरित काम गरिरहेका छन् । एकै ठाउँको सडकका लागि करोडौँ बजेट राखेका गापा अध्यक्षले वर्षाको बेलामा पनि जबरजस्ती काम गर्न लगाएर कमसल काम गराएको स्थानीयहरु बताउँछन् ।

तर गापा अध्यक्ष धामीले भने इन्जिनियरको इस्टिमेट अनुसार आफै उपस्थित भएर आरसीसी ढलान गराएकाले काम नियम संगत तवरले भएको दाबी गरे ।

यता, प्रमुख प्रशासकिय अधिकृत यादवले भने आर्थिक वर्षको अन्त्य तीर उपभोक्ता समितिले सबै निर्माण सामाग्री खसालेर काम शुरु गरेको भएपनि वर्षाका कारणले काम सम्पन्न नभएको बताए । सोही कामलाई सम्पन्न गर्न म्याद थप गरेर काम सुचारु गरिएको भएपनि गत आर्थिक वर्षमा सम्पन्न नभएका कामलाई बहुवर्षीय योजनामा परिणत गरी बोर्डबाट अनुमोदन गर्न बाँकी रहेको उनले वताए ।

बोर्डले अनुमोदन नगरेको खण्डमा बजेट निकासामा समस्या हुन सक्ने प्रशासकिय अधिकृत यादवको भनाई छ । उनले जनप्रतिनिधीहरुबीच कुरा नमिल्दा गाउँसभा प्रभावित भएको बताउँदैं छिट्टै गाउँसभा गर्ने तयारी भईरहेको जानकारी दिए ।

गत वर्षका निकासा हुन बाँकी रहेका योजनाहरुको सन्दर्भमा बोर्ड बैठकमा प्रस्ताव गरिने र अनुमोदन भए मात्रै भुत्तानी हुने उनले प्रस्ट पारे । गाउँ सभा नहुँदा अन्य विकास निर्माण कार्य संचालनमा ढिलाई भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...