Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

स्वास्थ्यकर्मी कुटपिट गर्नेमाथी कारवाही गर्न सि.एम.ए. संघकाे माग

spot_img
spot_img

वीरगंज । स्वास्थ्यकर्मी कुटपिट गर्ने दाेषी उपर कारवाहीकाे माग गर्दै  नेपाल सि.एम.ए. संघ पर्साले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छ ।

संघका जिल्ला अध्यक्ष याेगेन्द्र प्रसाद चाैरसिया र सचिव सुदर्शन साहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीस्थित संचालनमा रहेकाे साह हेल्थ क्लिनिकका संचालक अनिल कुमार साहलाई  कुटपिट गर्नेहरुमाथी कारवाहीकाे माग गरिएकाे हाे ।

 ज्ञापन पत्रमा स्थानिय राजाबाबु यादवले मेराे घरमा गई मेराे बुवालाई इन्सेक्सन लगाईदिनु स्वास्थ्यकर्मी साहलाई भन्दा साहले क्लिनिकमा रहेकाे इमरजेन्सि बिरामीहरुलाई हेरेपछि हिडछु भन्दा उनी घर फर्केर गएकाे र त्यसकाे भाेली पल्ट मंगलबारकाे दिन उनीसहित क्लिनिकमा आएकाे पांच जनाकाे समुहले साहमाथी कुटपिट गरेकाे उल्लेख गरिएकाे छ ।

संघल प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै स्वास्थ्यकर्मी साहमाथी निर्घात कुटपिट गर्ने राजाबाबु यादवसहितकाे समुहलाई अविलम्ब पक्राउ गरी कानुन बमाेमाेजिम कारवाही गर्न माग गरेकाे हाे ।

ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका सि.एम.ए. संघका पदाधिकारीहरुले स्वास्थ्यकर्मी साहकाे साथै उनकाे बुवा र आमामाथी पनि अपराधिक शैलीमा कुटिपिट भएकाे वताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्याय पाेखरियामा उजरी दिन भनेका थिए । ज्ञापन पत्र बुझ्दै उनले भने तपाईहरु साे क्षेत्रकाे इलाका प्रहरी कार्यालय पाेखरियामा गएर उजरी दिनुस्, उजरी लिए नलिएकाे बारे पनि मलाई फाेन मार्फत जानकारी गराउनु हाेला ।” 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...