Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

स्वास्थ्यकर्मी कुटपिट गर्नेमाथी कारवाही गर्न सि.एम.ए. संघकाे माग

spot_img
spot_img

वीरगंज । स्वास्थ्यकर्मी कुटपिट गर्ने दाेषी उपर कारवाहीकाे माग गर्दै  नेपाल सि.एम.ए. संघ पर्साले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छ ।

संघका जिल्ला अध्यक्ष याेगेन्द्र प्रसाद चाैरसिया र सचिव सुदर्शन साहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीस्थित संचालनमा रहेकाे साह हेल्थ क्लिनिकका संचालक अनिल कुमार साहलाई  कुटपिट गर्नेहरुमाथी कारवाहीकाे माग गरिएकाे हाे ।

 ज्ञापन पत्रमा स्थानिय राजाबाबु यादवले मेराे घरमा गई मेराे बुवालाई इन्सेक्सन लगाईदिनु स्वास्थ्यकर्मी साहलाई भन्दा साहले क्लिनिकमा रहेकाे इमरजेन्सि बिरामीहरुलाई हेरेपछि हिडछु भन्दा उनी घर फर्केर गएकाे र त्यसकाे भाेली पल्ट मंगलबारकाे दिन उनीसहित क्लिनिकमा आएकाे पांच जनाकाे समुहले साहमाथी कुटपिट गरेकाे उल्लेख गरिएकाे छ ।

संघल प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै स्वास्थ्यकर्मी साहमाथी निर्घात कुटपिट गर्ने राजाबाबु यादवसहितकाे समुहलाई अविलम्ब पक्राउ गरी कानुन बमाेमाेजिम कारवाही गर्न माग गरेकाे हाे ।

ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका सि.एम.ए. संघका पदाधिकारीहरुले स्वास्थ्यकर्मी साहकाे साथै उनकाे बुवा र आमामाथी पनि अपराधिक शैलीमा कुटिपिट भएकाे वताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्याय पाेखरियामा उजरी दिन भनेका थिए । ज्ञापन पत्र बुझ्दै उनले भने तपाईहरु साे क्षेत्रकाे इलाका प्रहरी कार्यालय पाेखरियामा गएर उजरी दिनुस्, उजरी लिए नलिएकाे बारे पनि मलाई फाेन मार्फत जानकारी गराउनु हाेला ।” 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...