Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

प्रेस युनियन पर्साद्वारा मन्त्री शर्मा सम्मानित

spot_img
spot_img

बीरगंज । नेपाल प्रेस युनियन पर्साले प्रदेश नं. २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्मालाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा वीरगंजस्थित हाेटल भिस्वामा भएको कार्यक्रममा मन्त्री शर्मालाई फुलमाला तथा गमछा ओढाएर सम्मान गर्नुका साथै उनले पर्साको पत्रकारिता तथा प्रेस युनियनको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कदर पत्र समेत प्रदान गरिएकाे थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आफ्नो बुद्धिविवेकले भ्याए सम्म तथा आफ्नो मन्त्रालयसँग भएको स्रोत सधानले भ्याए सम्म यस क्षेत्रको विकासको लागि काम गर्ने प्रतिब्धता जनाए । उनले आफुले विगतमा पनि पत्रकारहरुको वृतिविकासको क्षेत्रमा काम गरेको तथा उर्जा मन्त्री भइसके पछि यहाँ सञ्चार क्षेत्रलाई परेको उर्जाको भारलाई कसरी कम गर्न सकिन्छ अथवा निशुल्क गर्न सकिन्छ त्यस क्षेत्र पनि काम गर्ने योजना बनाएको बताए ।

उनले निकै मजबुरीका साथ नेपाली कांग्रेस प्रदेश २ को सरकारमा सहभागी भएको वताउँदै नेपाली कांग्रेस सरकारमा सहभागी नभएको भए प्रदेश २ सरकार पनि धरापमा पर्ने तथा संघिय सरकारको जस्तो हालत हुने भएको कारण नेपाली कांग्रेस सरकारमा सहभागि भएकाे बताए । यो सरकार गठबन्धको सरकार भएको तथा स्रोत साधन पनि निकै कम रहेको भए पनि आफुले जन अपेक्षा अनुसार काम गर्ने शर्माले प्रतिब्धता व्यक्त गरे ।

कार्यक्रमलाई प्रजातन्त्रिक प्रध्यापक संघका उपाध्यक्ष कन्हैया झा, नेपाल तरुण दलका केन्द्रिय सदस्य हुकुम सिंह, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पत्रकार महासंघ एसोसिएट प्रदेश सदस्य सतोष मिश्रा, पत्रकार रितेश त्रिपाठी लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन पर्साका सचिव किशोर सिंहले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...