Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

राेट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे अध्यक्षमा कर्ण र सचिवमा बर्णवाल

spot_img
spot_img

वीरगंज । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे पाँचौ पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा भएकाे कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष आलाेक रन्जन कर्ण तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

राेटेरियन शशि रंजन कलवारले क्लबका अध्यक्ष कर्णकाे सपथ ग्रहण गराएका थिए भने अध्यक्ष कर्णले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

क्लबका उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा दिपु बर्णवाल, सह सचिवमा अंशुल अग्रवाल, काेषाध्यक्षमा निखिल गुप्ता, सह काेषाध्यक्षमा निश्चल प्रजापती, सदस्यमा सुधिर प्रजापती, आनन्द साह, प्रबिन माली, राहुल साह, विकास साह कानु लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यस्तै, क्लबकाे सर्भिस डाइरेक्टरमा मधु प्रजापती, कम्युनिटी सर्भिस डाइरेक्टरमा राेहित गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा मेघा दाधिच, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा मुकेश साह, सर्जेन्ट एट आमर्स पल्लव ठाकुर रहेका छन् ।

कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष कर्णले वर्ष २०२१/०२२ मा रोट्रयाक्ट क्लब वीरगंज मेट्रोपोलिसले रचनात्मक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्लबकी निबर्तमान अध्यक्ष सलाेनी राैनियार वर्ष २०२०/०२१ मा क्लबले संचालन गरेकाे कार्यक्रम बारे प्रस्तुती मार्फत जानकारी गराएकी थिइन । क्लबले विभिन्न विद्यार्थीहरुलाई छात्रवृती प्रदान, रक्तदान लगायतकाे कार्यक्रम गरेकाे उनले जानकारी गराइन ।

कार्यक्रममा राेटेरियन संजय साह, शशि रंजन कलवार, सुरेश गाेर्खाली, हरिओम साह, चन्दन सिंह, आयुष गुप्ता, अमित शर्मा, प्रकाश कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन मेघा दाधीच र मधु प्रजापतीले गरेकी थिइन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...