Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्सामा बलात्कार र आत्महत्याकाे घटनामा वृद्धि

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा विभिन्न अपराधिक घटनाहरु बृद्धि भएको छ । कोरोना महामारीको कारण जारी गरिएको लकडाउनको अवधिमा गत वर्षको तुलनामा यो वर्ष कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, बलात्कार, लागू औषध, सार्वजनिक शान्तिविरुद्धको कसुरलगायतका अपराधिक घटनाहरुमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ को हालसम्म कर्तव्य ज्यानका १७ वटा, ज्यान मार्ने उद्योगका ३५ वटा, आत्महत्याका ११७ वटा, जबजस्ती करणीका ३८ वटा, बालयौन दुरुपयोगका ७ वटा, लागू औषधका १३३ वटा मुद्दाहरु दर्ता भएका छन् ।

विगत तीन वर्षको तथ्यांकलाई केलाउँदा उल्लेखित अपराधिक घटनाहरुमा क्रमिक रुपमा वृद्धि हुँदै गएको देखिएको छ । मुलुकभर पछिल्लो समय दिनहुँ बलात्कारको घटना वृद्धि भइरहेको अवस्थामा पर्सामा पनि बलात्कार र आत्महत्या एवं लागूऔषधका घटनामा व्यापक वृद्धि भएको देखिन्छ ।

स–साना बालिका होस् अथवा युवती, अर्धवैशे आईमाई समेत बलात्कारको सिकार भइरहेका छन् । यही साउन ९ गते एक महिला यात्रा गर्ने क्रममा ४ दिनसम्म पटक–पटक बलात्कारको शिकार भएकी थिइन् ।

काठमाडौंको कलंकीबाट बुटवलको लागि हिँडेकी उक्त महिलालाई ४ जना ट्रक चालक एवं सह चालकले ४ दिनको अन्तरालमा पटक–पटक ट्रक भित्रको केबिनमै सामुहिक बलात्कार गरेका घटना सार्वजनिक भएको थियो ।

सोही घटनाका बलात्कार गर्ने दुईजना चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरी समक्ष उजुरी परेका घटनाहरुको मात्रै तथ्यांक प्रस्तुत गरिएको छ । तर, गुपचुप रहेका कयौं बलत्कारहरुका घटनाहरुको त कुनै हिसाबै नै छैन । बलत्कार पीडितहरुमध्ये अधिकांश बालिका र किशोरी भएको पाइएको छ ।

बलात्कारका अधिकांश घटनामा बालिका पीडित हुनु दुःखद विषय हो । नजिकका नातेदार, आफन्त तथा छरछिमेकीबाट समेत बालिका असुरक्षित देखिएको छ । १५ वर्षको किशोरले १३ बर्षीया बालिकाको बलात्कार गरेको घटना पनि छ ।

उक्त घटनाले पनि समाज कतातिर जाँदै छ भन्ने देखाउँछ । विगतमा चेतनाको अभाव र प्रतिष्ठाको डरले मुद्दा दर्ता नगर्ने परिपाटी देखिएको भएपनि पछिल्ले समय त्यसको विरुद्ध महिलाहरु उभिन थालेका छन् । निरिह र अबोध बालिकामाथि जघन्य किसिमका बलात्कारका घटना भइरहेका छन् । त्यसमा पनि दलित, विपन्न समुदायका बालिकाहरु बढी रहेका छन् । जघन्य अपराधका घटनाहरु जनप्रतिनिधिकै रोहबरमा मिलाउने प्रवृत्ति पनि देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्ष २०७७÷७८ को हालसम्म दर्ता भएका मुद्दाहरुको आरोपमा २१ जना महिला एवं १ हजार ९२ जना पुरुष गरि १ हजार १ सय १३ जना प्रतिवादी पक्राउ परेका छन् भने ४० जना महिला र ७ सय ७ जना पुरुष गरि ७ सय ४७ जना प्रतिवादी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...