वीरगंज । विश्व हिन्दु परिषद नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वीरगन्जमा पुत्ला दहन गरेको छ । सनातन धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषदले डा. भट्टराईको पुतला दहन गरेको हो ।
जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराई विरुद्ध वीरगन्जमा नाराबाजीसहित जुलुस प्रर्दशन गर्दै उनको पुत्ला जलाएका हुन् । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पुजापाठ गरीरहेको तस्बिरलाई भट्टराईले आफ्नाे समाजिक संजाल टुईटरमा हिन्दु धर्ममाथि अभद्र टिप्पणी गरेका थिए ।
उनले गरेको टिप्पणीको चौतर्फी रुपमा हिन्दुवादी संघ/संगठनहरुले विरोध गर्दै प्रर्दशन गरेको छन । त्यसकै क्रममा विश्व हिन्दु परिषद नेपालले पनि वीरगन्जमा भट्टराई विरुद्ध प्रर्दशन गर्दै उनको पुत्ला जलाएर कडा विरोध जनाएका हुन ।
वीरगंज माईस्थान चोकमा भेला भएका हिन्दु युवाहरुले भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै जुलुश प्रर्दशन गरेका हुन । विरोध प्रर्दशनमा हिन्दु युवाहरुले डा. भट्टराई मुर्दाबाद, हिन्दुधर्मलाई अपमान गर्न पाईदैन, भट्टराईलाई कडा कारवाही गर्नुपर्ने लगायतको चर्को नारा बाजी गरेका थिए ।
विरोध जुलुस नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाका विच उनको पुत्ला दहन गर्दै चर्को आलोचना समेत गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै परिषदका वीरगन्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहायले पौराणिक कालदेखि चल्दै आएको हाम्रो सनातन धर्म विरुद्ध बारम्बार आक्रमण गरी हिन्दुहरुको आस्थासंग खेलवाड गरेको प्रति घोर विरोध जनाउँदै हिन्दुको आस्थासंग खेलवाड गर्ने विरुद्ध अब प्रतिकारमा उत्रिने चेतावनी दिए ।
भट्टराईलाई चेतावनी दिदै उनले भने, तपाईलाई हाम्रो रितिरिवाज बारे जानकारी छैन भने आउँनुस् म तपाईलाई हिन्दुधर्मको रितिरिवाज बारे ज्ञान सिकाउँछौ तर हाम्रो हिन्दुआस्थामाथि प्रहार गर्न खोज्यो भने, हामी हनुमान भएर तपाईको छाती चिरेर त्यसको जवाफ दिने छौ ।
अल्पसंख्यकको राजनितिक गरेर चर्चा कमाउँन बहुसंख्यकको अपमान गर्ने राजनिति विगत केहि बर्षदेखि कथित जन आन्दोलन पछि यस्तोबिकृति बढ्दै गएको छ । बाबुराम भट्टराईको यो पहिलो घट्ना होईन उनले विगतमा पनि हिन्दु धर्म संस्कृतिलाई अपमानित हुने खालको अभिव्यक्ति दिदै आएको उनीहरुको गुनासो रहेको छ ।
विगत जनआन्दोलन पछि कम्युनिष्ट विचार धारा तथा माओवादी जनआन्दोलनबाट आएका कथित आफूलाई बुद्धिजिवि र सम्रान्त मान्ने मांसिकता भएका बाबुराम भट्टराईले विदेशीको डलर तथा ओलीवाईनमा रमाएर आफनो धर्म संस्कृति नष्ट पार्दै आएका छन ।
उनले हिन्दु धर्म संस्कृतिलाई समाप्त पार्नको लागि विदेशी एजेन्डा लिएर नेपालमा उनीहरुकै लागि राजनितिक गर्ने पछिल्लो समयमा हिन्दुआस्था माथि प्रहार गरेर आफनो राजनितिक चम्काउँने कार्य विगतदेखि नै गर्दै आएका हिन्दु अगुवाहरुको बताएका छन ।







