Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

चाँदीकाे गर गहनासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले चाँदीकाे गरगहानासहित एक जनालाई पक्राउ गरेकाे छ । सप्तरीकाे राजविराज उपमहानगरपालिका वडा नं. २ मेघरा निवासी चितवनकाे खैरेनी नगरपालिका वडा नं. २ स्थित रहेकाे श्रीया ज्वेलर्सका संचालक ४३ बर्षिय अंगत साहलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्य गेटबाट बुधबार विहान साढे ८ बजे उनलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई खटेकाे प्रहरीले शंकास्पदरूपमा पैदल हिंडिरहेकाे उनलाई रोकी तलासी लिँदा निजले बोकेको फेक्टर एक्स लेखिएको कालो ब्याग भित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ के.जी.३३४ ग्राम  फेला परेको प्रवक्ता खनालले जानकारी दिए । 

उनलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...