Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

हिन्दु धर्ममाथी टिप्पणी गर्ने बाबुराम भट्टराईलाई कारवाही गर्न माग

spot_img
spot_img

वीरगंज । नेपाल विश्व हिन्दु महासंघले जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथी कारवाही गर्न माग गरेकाे छ ।

डा‍. भट्टराईले आफ्नाे ट्विटरको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरि अत्यन्त अभद्र र आपत्तिजनक टिप्पणी गरेको भन्दै महासंघले कारवाहीकाे माग गरेकाे हाे ।

विश्व हिन्दु महासंघका अध्यक्ष केदारनाथ दहाल र सचिव अभिषेक तिवारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेका छन् ।

विज्ञप्तीमा नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छाैं । विदेशी मिसिनरी शक्तिहरुद्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ। उल्ले गरिएकाे छ ।

त्यस्तै जारी विज्ञप्तीमा असामाजिक तत्वहरुलाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढीको देखिन्छ। पुर्व प्रधानमन्त्री डा. भट्टराई कि पत्नी पुर्व मन्त्री हिसिला यमि, पुर्व मन्त्री मो. इस्तियाक राई त्यसै गरि राजनीति विश्लेषक सि.के. लाल जस्ता विभिन्न पात्रहरू द्वारा पटक पटक वैदिक सनातन हिन्दु धर्म र संस्कृति लाई लक्षित गरि आपत्तिजनक र अभद्र टीका टिप्पणी हुने गरेको पाइएको उल्लेख गरिएकाे छ ।

तसर्थ वैदिक सनातन हिन्दु धर्म र संस्कृति प्रति यस्ता आपत्तिजनक तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरुलाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघले जोडदार माग गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...