Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नेपाललाई हिन्दुराष्ट्र बनाउन हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान

spot_img
spot_img

वीरगंज । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत वीरगन्जमा मंगलबार आयोजित एक भेलाका सहभागिहरुले हिन्दुराष्ट्र कायम गराउँन संठगित भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

“गाउँ गाउँ हामी जाऔं आफनो धर्म आफैं बचाऔं, धर्मनिरपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं” भन्ने नाराका साथ संचालति अभियान अन्तर्गत भएकाे भेलालाई सम्बाेधन गर्दै अभियानका अभियान्ता एवं प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण ढकालले पौराणिक समयदेखि नै नेपाल विश्वभरी कैै देवभूमीको रुपमा स्थापित भएको देश नै रहेको बताए ।

उनले भने, “विश्वका १ अर्ब ३० करोड हिन्दुको आस्थाको केन्द्र रुपमा नेपाल नै रहेको थियो । विश्वमा अनेकन प्रकारको धर्म भएपनि सनातन कालदेखि नै हिन्दु धर्मले एकात्मक भावना बोकेर विश्वको कल्याण गर्ने गरेको छ र त्यो हिन्दुधर्म सनातन विचार बोकेको राष्ट्र नै नेपाल थियो ।”

हामी ३ करोड नेपालीको लागि मात्र नभई विश्वको १ अर्ब ३० करोड जनताको आर्दशको भुमिको रुपमा नेपाल नै रहेको उनकाे भनाई थियाे ।

जुन भुमिमा भगवान पशुपतिनाथ हुनुहुन्छ, जुन भुमिले भगवान शालिकरामको जन्म दिएको छ । देवभूमि तपोभूमिको रुपमा रहेको हिन्दुराष्ट्र नेपाललाई हाम्रै हिन्दु समाज र हाम्रै समाजको नेतृत्व गर्ने केहि राजनितिक दलहरुले धर्मसापेक्षबाट धर्मनिरपेक्ष घोषणा गराएका छन त्यो हामी कदापी मान्न सक्दैनौ । उनले भने ।

नेपालमा ९४ प्रतिशत ओमकार परिवार रहेपनि चार पाँच जना नेताले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरायो, उनले भने, ‘ धर्मनिरपेक्षतालाई नेपालीहरुले मौनरुपमा स्वीकार्य नगरेपनि विरोध समेत गर्न सकेनौ ।’ राष्ट्र, धर्म र आफनो आस्थालाई कहिले पनि प्राथमिकतामा राखेनौ, पहिलो प्राथमिकता राजनितिक पार्टी बनाएर आफनै समाजलाई विभाजन गर्ने काम भयो ।

हिन्दु समाज संगठित, जागरुक र स्वाभिमानी नभएका कारण केहि पार्टीका केहि नेताहरुले धर्मनिरपेक्ष घोषणा गर्दा हामी जुन प्रकारको प्रतिकार गर्नुपर्ने थियो तर गर्न सकिएन । धर्मनिरपेक्ष घोषणा भएदेखि संघ परिवारले निरन्तर रुपमा हिन्दुराष्ट्रको लागि नेताहरुलाई झकझकाउँदै आएको छ तर सम्पूर्ण हिन्दु समाज एकजुट नभएका कारण हिन्दुराष्ट्र नगराउँन नसकेको उनले बताए ।

नेपाली जनताले एउटै एजेन्डा हिन्दुराष्ट्र बनाउँनु पर्छ । उनले भने, ‘अब नेपाली जनताको पहिलो प्राथमिकता हिन्दुधर्म त्यसपछि राजनितिक हुनुपर्छ ।’ घर घरमा आउँने नेताहरुलाई पहिलो प्राथमिकतामा हिन्दु राष्ट्रको एजेन्डा लिएर आएमात्र भोट दिन्छौ भन्ने अभियान चलाए मात्र नेपाल हिन्दुराष्ट्र बनाउँन सकिने बताए ।

भेलामा विश्व हिन्दु परिषदका राष्ट्रिय संगठन मन्त्री प्रहलाद रेग्मीले पनि कर्तव्य र त्यागबाट नै नेपाललाई पुन हिन्दुराष्ट्र बनाउँन सकिने बताए ।

भगवान र माता पिताले नै जन्म दिएर हाम्रो सार्थक जिवन दिएका छन । विश्वको लागि आत्मगौरव पूर्ण सनातन संस्कृतिको भूमि हिन्दुराष्ट्रको गौरवमा जन्म भएको र त्यसको मुल्य चुकाउन मृत्युलाई पनि मेरो जीवनको सार्थकता प्राप्त होस् भन्ने निष्ठापुर्व हिन्दुधर्मप्रति कर्तव्य निर्वाह गर्न जरुरी रहेको उनले बताए ।

उनले दलगत स्वार्थ भन्दा माथि उठेर पहिलो भाव हिन्दुधर्म नै हो भन्ने विश्वासका साथ एकजुट भएर अगाडी बढेमात्र नेपाललाई हिन्दुराष्ट्र कायम गराउँन सकिने बताए । नेपाललाई हिन्दुराष्ट्र कायम गराउँन सहि समय आएको हुनाले सम्पूर्ण हिन्दु समाज वडा देखि नगर, जिल्लासम्म संगठित भएर जोडदार आवाज उठाउनुपर्ने बताए ।

हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको आयोजित भेलामा विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानियबुद्धिजिवी, युवा, महिला, पुरुष, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । भेलाले अभियानलाई सफल बनाउँन वडा स्तरीय देखि नगर, पालिका स्तरीय संगठन विस्तार गरी अगाडी बढ्न सुझाएका थिए ।

हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्धुवेदीको अध्यक्षतामा भएको भेलामा विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह, उपाध्यक्ष कृष्णमोहन सहाय, रामराज्य परिषदका जिल्ला अध्यक्ष धमेन्द्र पटेल, पंडीत पुरुषोत्तम द्धुवे, शंकराचार्य पिठका अध्यक्ष डा. अनिल झा लगायतको उपस्थित रहेको थियो ।

ईतिहास, संस्कृति, परम्परा, पहिचान र जनसंख्याको आधारमा नेपाल हिन्दु राष्ट्र नै हो, भन्ने मान्यताको साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुन हिन्दुराष्ट्र बनाउँन पूर्व प्रधानसेनापती रुक्तमाग्गद कटवालको संयोजगत्वमा देशभरी नै अभियान चलाईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...