Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

चैनपुरमा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा नवनिर्मित वडा कार्यालयकाे भवनको साेमबार एक कार्यक्रमकाे बिच उद्घाटन गरिएकाे छ । करिब ४० लाखको लागतमा निर्माण भएको भवनकाे उद्घाटन वडाध्यक्ष गजेन्द्र प्रसाद पटेलले गरेका हुन् ।

भवन उद्घाटन गर्दै अध्यक्ष पटेलले आफ्नो भवन आजदेखि सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब यस वडा बासीको लागि सेवा प्रवाहमा सहज भएको बताए । उनले आफ्नै कार्यकालमा नवनिर्मित वडा कार्यालयकाे भवनमाथी थप गरेर दुईतले भवन निर्माण गर्ने योजना रहेको बताए ।

वडाध्यक्ष पटेलले भवन निर्माणमा सबै राजनीतिक दल, समाजसेवी, युवा, बुद्धिजीवी, वडा सदस्य, कर्मचारी लगायतको सहयोग रहेको वताउँदै आउने दिनहरुमा विकास निर्माणको कार्यमा सहयोग लागि आग्रह गरे ।  

वडा सचिव सन्तोष कुमार नेपालीले नयाँ भवन निर्माण भईसकेपछि हामी कर्मचारीहरुलाई पनि काम गर्नमा सजिलो भएकाे वताउँदै खुशी व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख सावित्री देवी, वडा नं १ का वडाध्यक्ष मिश्री महतो, वडा नं २ का वडा अध्यक्ष इशवरि साह तेली, प्रहरी चौकी बुनियादका प्रहरी इन्चार्ज सुनिल सिंह राजपूत लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...