Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

सखुवा प्रसाैनीबाट अवैध हतियारसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेकाे छ । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.५ महुवन बस्ने बर्ष ६० को रामबाबु प्रसाद कलवारलाई नियन्त्रणमा लिएकाे हाे ।

आफ्नो घर भित्र अवैध हतियार लुकाई छिपाई राखिएको छ भन्ने सुचना प्राप्त भएपछि पुगेकाे प्रहरीले अवैध हतियार बराद गरी उनलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चाैकी महुवनबाट खटिएकाे प्रहरी टाेलीले साेमबार विहान ०९:०० बजे कलवारको घर रीतपूर्वक खानतलासी गर्दा सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एयर गन (Air gun)  १ थान फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

बरामद एयर गनसहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...