Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

खैराे हिराेइनसहित पकहा मैनपुर १ का वडाध्यक्ष सहनी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध खैराे हिराेइनसहित एक वडाध्यक्षलाई नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इलाका प्रहरी कार्यालय पोखरियाबाट सदा पाेसाकमा खटिएकाे प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित तिलावे पुल नजिककाे सडकबाट आइतबार राती १०:३० बजे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरेका वडाध्यक्ष अम्बिका सहनीलाई नियन्त्रणमा लिएकाे हाे ।

वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरकाे सरकारी पल्सर मोटर साइकलकाे फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यस्तै, उनकाे पछाडी संग सगै आएको ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार साेही ठाउँ निवासी बर्ष ४० को बलिष्टर सहनी र सोही मोटरसाइकलकाे पछाडी सवार साेही ठाउँ निवासी बर्ष ५२ को राम आदेश सहनी समेतलाई नियन्त्रणमा लिइएकाे प्रवक्ता खनालले जानकारी दिए ।

पक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं. १ कै वडा सदस्य हुन् भने अर्का आदेश सहनी पनि वडाध्यक्ष सहनीकाे नजिककाे व्यक्ति हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...