Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट जुवा खेल्ने ७ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. १५ नेशनल मेडिकल कलेज छेउमा निर्माणधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेकाे ७ जनालाई पक्राउ गरेकाे छ ।

वीरगंज महानगरपालिका वडा नं.३ का अली असगर अन्सारी, वडा नं. ६ का ४२ बर्षिय श्यामबाबु साेनार, वडा नं. १५ का ३२ बर्षिय सुनिल सर्राफ, वडा नं. १६ का ५८ बर्षिय भगवान प्रसाद महताे, बाराकाे महागढीमाई नगरपालिका वडा नं. १० का ३५ बर्षिय धिरेन्द्र प्रसाद जयसवाल, राैतहटकाे गाैर नगरपालिका वडा नं. १ का ४८ बर्षिय रमेश चाैधरी र भारत विहान जिल्ला माेतिहारी रक्साैल ४ का ४० बर्षिय रामबाबु प्रसाद साैनारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले बिहिबार सांझ ५ बजेको सातै जनालाई नियन्त्रणमा लिइएकाे जनाएकाे छ । उक्त जुवा खालबाट एक लाख ५८ हजार  र १० बुक ताससहित समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए । 

पक्राउ परेकाहरुमाथी सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर ( जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाईएकाे उनले जानकारी दिए ।

साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसूर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिई यस्ता क्रियाकलाप नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न सबैमा प्रहरीले आग्रह गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...