Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महानगरपालिका नेपालको पहिलो पूर्ण खोप युक्त घोषणा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । नगर सभा गृहमा बिहीबार आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गरे ।

घोषणा समारोहमा बोल्दै मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने बताए ।

अहिले संसारभर फैलिएको कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा निकै जटिलता आएको बताउँदै मन्त्री शर्माले तेश्रो भेरियण्टको जोखिम बालबालिकाहरुमा अझ बढी रहने विज्ञहरुको चेतावनीबाट सतर्क रहनुपर्ने अवस्था रहेकोले सतर्कता अपनाउन आग्रह गरे ।

कोरोना संक्रमण महामारीले खोप कार्यक्रम प्रभावित भएपनि वीरगंज महानगरपालिकाले भने पूर्ण खोप घोषणा गरेकोमा बधाई तथा धन्यवाद दिए । कोरोना संक्रमण नियन्त्रण र व्यावस्थापनमा महानगरपालिकाले खेलेको भूमिका अत्यन्त उत्कृष्ट रहेको उनले चर्चा समेत गरे ।

महानगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताए ।

उनले वडाध्यक्षहरुलाई आफ्ना वडाहरुमा रहेको वडा स्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरुलाई खोपको सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्न आग्रह गरे । महागनरपालिकामा जन्मिएदेखि १५ महिना सम्मका बालबालिकालाइ लगाईने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्णखोप घोषणा गरिएकाे वताए ।

पूर्णखोप घोषणाका लागि वीरगंज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्मका उमेर समुहका बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो ।

सर्भेक्षणका क्रममा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र ती मध्ये जन्मिएदेखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले बताए ।

उनले ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो । ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको बताए ।

सर्भेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताए ।

३२ वटै वडाहरुलाई क्रमश पूर्ण खोप वडा घोषणा गरेपछि महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको उनले वताए ।

नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, वीरगंज महानगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द देवकोटा, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...