Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा युवक पक्राउ

spot_img
spot_img

वीरगंज । बालिकालाई जबरजस्ती करणी गरेकाे आराेप एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल बस्ने वर्ष २५ को धर्मराज साह कानूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाे युवकले असार  १४ गते १२.३० बजे १५ वर्षीया वालिकाको घरमा गई निज सुत्ने कोठामा प्रवेश गरी निजलाई विवाह गर्ने र जागीर लगाइदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ स्थित बाँसघारीमा लगी जबरजस्ती करणी गरेकाे आराेपकाे आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

त्यसपश्चात पनि बालिकालाई आफू साथै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने व्यहोराको पीडित बालिकाको अभिभावकको जाहेरी दरखास्त पर्न आएको हुँदा निज धर्मराज कानूलाई बुधबार नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूर गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...