Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बाल विवाह गर्ने तथा गराउने दुल्हासहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बाल विवाह गर्ने र गराउने ३ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेबाट बाल विवाह गर्ने दुल्हासहित ३ जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरे निवासी २४ बर्षिय विशाल सहनी (दुल्हा), साेही ठाउँ निवासी ६५ बर्षिय ठग सहनी र बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. ५ बेलहिया पनटाेका निवासी ४८ बर्षिय महेश सहनी रहेका छन् ।  

ठग सहनी र महेश सहनीले आपसी सहमति गरी १७ वर्षीया बालिका तथा २४ बर्षिय विशाल सहनीको विवाह असार १७ गते धोरेस्थित भुटनदेवी मन्दिरमा गराएकोले वाल विवाह गर्ने तथा गराउने तिनै जनालाई बुधबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका तिनै जनालाई बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।  

पर्सा जिल्लाका विभिन्न भागमा २० वर्ष पूरा नभएका युवायुवतीले यस किसिमको वालविवाह गर्ने तथा अभिभावकहरूले गराउने गरेको भन्ने जानकारी हुन आएकोले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उनले वालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी पाउनुहुने सबैलाई तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...