Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

दिव्य युवा क्लबद्वारा स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण

spot_img
spot_img

वीरगंज । दिव्य युवा क्लबले पर्साकाे पाेखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकाे छ ।

एक्शनएड नेपाल, आईरिशएड तथा दिब्य युवा क्लब, पर्साकाे संयुक्त साझेदारीमा संचालित महिला अधिकार समुन्नति परियाेजना अन्तर्गत पाेखिरया नगरपालिकाकाे वडा न. ७, ८, १०, पकाहा मैनपुर गाउँपालिकाकाे वडा न. ३ र बिन्दाबासिनी गाउँपालिकाकाे वडा न. ५  मा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएकाे हाे ।

काेभिड १९ काे प्रतिकार्य गर्नकाे लागि ५ वटा स्वास्थ्य चाैकी, १ वटा जिल्ला अस्पताल (पाेखरिया) तथा ६० जना हाेम आईशुलेशनमा बसेका व्यक्तिहरुकाे लागि बुधबार ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

उनले भने “कोभिड १९ को संक्रमण सुरु भए लगतै नेपालमा संक्रमण फैलन नदिनको लागि बन्दाबन्दी गर्नुको साथै कोरोना संक्रमणबाट बच्नको लागि विभिन्न सुरक्षात्मक उपायहरु बारे सचेतना पनि सुरु गरिएको छ । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले आ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् । यस संक्रमणलाई समुदाय स्तरमा फैलन दिन तथा यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राहत सामाग्री वितरण गरिएको हाे ।”

पोखरीया नगरपालीका वडा नं. ७ रानीगंजमा केहि समय अगाडी होम आईसोलेसनमा रहेका व्यक्तिहरुको लागि पनि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको उनले जानकारी दिए ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहर सकिए पछि अहिले फेरि तेस्रो चरणको नयाँ भेरियन्ट देखिन थालीसकेको छ ।

यस अवस्थालाई मध्यनजर गर्दै महिला अधिकार कार्यक्रम संचलनमा रहेका वडाहरुमा संचालनमा रहेको स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारिहरुको लागि पि.पि.ई. ५ सेट, ग्लाेभस ५ प्याकेट, सर्जिकल मास्क १० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १० थान, ह्याण्डवास १ थान, अक्सीमिटर १ थान प्रदान गरिएको निर्देशक पटेलले वताए ।

यस भन्दा पहिलाको कोरोना संकटकालमा स्वास्थ्य सामाग्री अभावको कारणले गर्दा स्वास्थ्य कर्मीहरुलाई सेवा प्रदान गर्न गाह्रो भएको हुनाले पूनः सो अवस्था सृजना नहोस् भन्नका लागि सो सामाग्रीहरु वितरण गरिएको हो ।

त्यसै गरि पोखरीया आइृसोलेसन सेन्टरको लागि पनि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको छ ।

जस अन्तरगत अक्सीजन कन्सन्ट्रेटर १ थान, पि.पि.ई. २० सेट, ग्लाेभस १०० प्याकेट, सर्जिकल मास्क २० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १०० थान, ह्याण्डवास (५०० एम.एल.) २० थान, सुतिको तौलिया १० थान, तन्ना २० थान, तकिया २० थान, तकियाको खोल २० थान, सोडियम क्लोरिन १ जार, अक्सीमिटर १० थान र थर्मगन १ थान रहेका छन् ।

त्यस्तै पोखरीया नगरपालीका वडा नं. ७ रानीगंजमा केहि दिन पहिला होम आईसोलेसनमा बसेका कोरोना लक्षणसंग मिल्दोजुल्दो लक्षणहरु भएका विरामीहरुको लागि पनि हर्लिक्स ५०० ग्राम, सर्जिकल मास्क १ प्याकेट, सेनिटाईजर ५०० एम.एल. १ थान, अक्सीमिटर १ थान, डिजिटल थर्मोमिटर, डस्टबीन, साबुन, स्यानीटरी प्याड लगायतका समाग्री आज वितरण गरिएको छ ।

साे सामग्रीहरु दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरले पाेखरिया नगरपालिकाकी उपमेयर सलमा खातनुलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा पोखरीया अस्तालका आईसोलेसन फोकल पर्सन संजय कुमार, वडाध्यक्ष नन्दलाल पटेल लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...