Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

दिव्य युवा क्लबद्वारा स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण

spot_img
spot_img

वीरगंज । दिव्य युवा क्लबले पर्साकाे पाेखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकाे छ ।

एक्शनएड नेपाल, आईरिशएड तथा दिब्य युवा क्लब, पर्साकाे संयुक्त साझेदारीमा संचालित महिला अधिकार समुन्नति परियाेजना अन्तर्गत पाेखिरया नगरपालिकाकाे वडा न. ७, ८, १०, पकाहा मैनपुर गाउँपालिकाकाे वडा न. ३ र बिन्दाबासिनी गाउँपालिकाकाे वडा न. ५  मा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएकाे हाे ।

काेभिड १९ काे प्रतिकार्य गर्नकाे लागि ५ वटा स्वास्थ्य चाैकी, १ वटा जिल्ला अस्पताल (पाेखरिया) तथा ६० जना हाेम आईशुलेशनमा बसेका व्यक्तिहरुकाे लागि बुधबार ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

उनले भने “कोभिड १९ को संक्रमण सुरु भए लगतै नेपालमा संक्रमण फैलन नदिनको लागि बन्दाबन्दी गर्नुको साथै कोरोना संक्रमणबाट बच्नको लागि विभिन्न सुरक्षात्मक उपायहरु बारे सचेतना पनि सुरु गरिएको छ । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले आ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् । यस संक्रमणलाई समुदाय स्तरमा फैलन दिन तथा यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राहत सामाग्री वितरण गरिएको हाे ।”

पोखरीया नगरपालीका वडा नं. ७ रानीगंजमा केहि समय अगाडी होम आईसोलेसनमा रहेका व्यक्तिहरुको लागि पनि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको उनले जानकारी दिए ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहर सकिए पछि अहिले फेरि तेस्रो चरणको नयाँ भेरियन्ट देखिन थालीसकेको छ ।

यस अवस्थालाई मध्यनजर गर्दै महिला अधिकार कार्यक्रम संचलनमा रहेका वडाहरुमा संचालनमा रहेको स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारिहरुको लागि पि.पि.ई. ५ सेट, ग्लाेभस ५ प्याकेट, सर्जिकल मास्क १० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १० थान, ह्याण्डवास १ थान, अक्सीमिटर १ थान प्रदान गरिएको निर्देशक पटेलले वताए ।

यस भन्दा पहिलाको कोरोना संकटकालमा स्वास्थ्य सामाग्री अभावको कारणले गर्दा स्वास्थ्य कर्मीहरुलाई सेवा प्रदान गर्न गाह्रो भएको हुनाले पूनः सो अवस्था सृजना नहोस् भन्नका लागि सो सामाग्रीहरु वितरण गरिएको हो ।

त्यसै गरि पोखरीया आइृसोलेसन सेन्टरको लागि पनि स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको छ ।

जस अन्तरगत अक्सीजन कन्सन्ट्रेटर १ थान, पि.पि.ई. २० सेट, ग्लाेभस १०० प्याकेट, सर्जिकल मास्क २० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १०० थान, ह्याण्डवास (५०० एम.एल.) २० थान, सुतिको तौलिया १० थान, तन्ना २० थान, तकिया २० थान, तकियाको खोल २० थान, सोडियम क्लोरिन १ जार, अक्सीमिटर १० थान र थर्मगन १ थान रहेका छन् ।

त्यस्तै पोखरीया नगरपालीका वडा नं. ७ रानीगंजमा केहि दिन पहिला होम आईसोलेसनमा बसेका कोरोना लक्षणसंग मिल्दोजुल्दो लक्षणहरु भएका विरामीहरुको लागि पनि हर्लिक्स ५०० ग्राम, सर्जिकल मास्क १ प्याकेट, सेनिटाईजर ५०० एम.एल. १ थान, अक्सीमिटर १ थान, डिजिटल थर्मोमिटर, डस्टबीन, साबुन, स्यानीटरी प्याड लगायतका समाग्री आज वितरण गरिएको छ ।

साे सामग्रीहरु दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरले पाेखरिया नगरपालिकाकी उपमेयर सलमा खातनुलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा पोखरीया अस्तालका आईसोलेसन फोकल पर्सन संजय कुमार, वडाध्यक्ष नन्दलाल पटेल लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...