Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सिर्सिया नदीको दिशा परिवर्तन हुँदा क्यौं विगहा जमिन भारततर्फ जादै : अध्यक्ष अंसारी

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित सिरिसिया खोलाको वाहाबले दिशा परिवर्तन गर्दा प्रत्येक वर्ष कयौं बिघा नेपाली भू–भाग भारततिर पर्ने क्रम जारी रहेको नेकपा (माओवादी केन्द्र) वीरगंज महानगरका अध्यक्ष रहबर अंसारीले बताएका छन् ।

सिर्सिया नदीको अवलोकन तथा निरीक्षण गर्ने क्रममा अध्यक्ष अंसारीले विगत वर्षझै यस वर्ष पनि वीरगंज, १ छप्कैयासंग जोडिएको सिमा क्षेत्रमा पिलर न. ३९१ र ३९२ को बीचमा पर्ने लगभग १०० बिघा नेपाली भूभाग भारततर्फ जाने जोखिम बढ्दै गएको अवस्थामा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधिले यस गम्भीर विषयमा कुनै चासो नदेखाउनु अफैमा एक विडम्बना भएको बताए ।

सिर्सिया नदी अवलोकन गर्नेमा अध्यक्ष अंसारीसंगै पर्साका प्रहरी उपरीक्षक श्री बेल बहादुर पण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायत स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

अवलोकनको क्रममा अध्यक्ष अंसारीले जोखिममा रहेका जग्गाहरुको अवलोकन गरि यसमा तत्काल अपनाउन सकिने समाधानका उपायहरु र दिर्घकालिन रूपमा समस्या निराकरण गर्ने उपायहरुको बारेमा छलफल समेत गरेका थिए ।

उनले सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउदै जोखिममा रहेका भूभागहरुलाइ बचाउन आ–आफ्नो स्तरबाट सक्दो प्रयास गर्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...