Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सिर्सिया नदीको दिशा परिवर्तन हुँदा क्यौं विगहा जमिन भारततर्फ जादै : अध्यक्ष अंसारी

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित सिरिसिया खोलाको वाहाबले दिशा परिवर्तन गर्दा प्रत्येक वर्ष कयौं बिघा नेपाली भू–भाग भारततिर पर्ने क्रम जारी रहेको नेकपा (माओवादी केन्द्र) वीरगंज महानगरका अध्यक्ष रहबर अंसारीले बताएका छन् ।

सिर्सिया नदीको अवलोकन तथा निरीक्षण गर्ने क्रममा अध्यक्ष अंसारीले विगत वर्षझै यस वर्ष पनि वीरगंज, १ छप्कैयासंग जोडिएको सिमा क्षेत्रमा पिलर न. ३९१ र ३९२ को बीचमा पर्ने लगभग १०० बिघा नेपाली भूभाग भारततर्फ जाने जोखिम बढ्दै गएको अवस्थामा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधिले यस गम्भीर विषयमा कुनै चासो नदेखाउनु अफैमा एक विडम्बना भएको बताए ।

सिर्सिया नदी अवलोकन गर्नेमा अध्यक्ष अंसारीसंगै पर्साका प्रहरी उपरीक्षक श्री बेल बहादुर पण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायत स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

अवलोकनको क्रममा अध्यक्ष अंसारीले जोखिममा रहेका जग्गाहरुको अवलोकन गरि यसमा तत्काल अपनाउन सकिने समाधानका उपायहरु र दिर्घकालिन रूपमा समस्या निराकरण गर्ने उपायहरुको बारेमा छलफल समेत गरेका थिए ।

उनले सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउदै जोखिममा रहेका भूभागहरुलाइ बचाउन आ–आफ्नो स्तरबाट सक्दो प्रयास गर्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...