Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध गाँजासहित मालबाहक ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । ठूलो परिमाणमा लागुऔषध गाँजासहित मालबाहक ट्रक प्रहरीले पक्राउ गरेकाे छ ।

ट्रककाे कन्टेनरमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजाने क्रममा एचआर ५५ एम २२०९ नम्बरको भारतीय कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगञ्ज महानगरपालिका वडा नं. २५  आइसिपी गेट नजिकबाट मंगलबार दिउसाे १२:१० बजे २४७ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिइएकाे जनाएकाे छ । 

प्रहरीले गराएकाे जानकारी अनुसार विगत २४ घण्टादेखि भएको निरन्तर निगरानी, सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा खटिएको प्रहरी टोलीले भारतीय ट्रकलाई रोक्न खोज्दा गाडी रोकी स्टार्ट अवस्थामा चालक फरार भएको थियाे । 

उक्त ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लाष्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोका भित्र रहेकाे २४७ के.जी. लागुऔषध गाँजा फेला परेकोले सो ट्रकलाई उल्लेखित गाँजासहित बरामद गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

साथै ट्रकको सवारीधनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...