Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पतालकाे फोहोर व्यवस्थापनका लागि परियाेजना संचालन

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि हरित पुर्नस्थापना प्रवर्धन परियोजना (पि.जी.आर.पी) संचालनमा आएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको अगुवाइमा, चाइना एडको आर्थिक तथा युएन.डि.पी.को प्राविधिक सहयोगमा परियाेजना संचालनमा आएकाे परियाेजनाकाे फिल्ड स्पाेट एशाेसियट संदिप श्रीवास्तवले वताए । 

नारायणी अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोर र अन्य सबै किसिमका फोहोरहरुलाई व्यवस्थित तरिकाले वर्गिकरण, संकलन, प्रशोधन/निर्मलीकरण तथा विसर्जन गर्न आवश्यक प्राविधिक तथा सामग्री सहयोग गर्न शुक्रबार परियोजना संचालन गर्न समन्वयात्मक गोष्ठी समेत संचालन गरिएकाे उनले जानकारी दिए ।

सो गोष्ठीमा अस्पतालका मे.सु, विभिन्न बहिरङ्ग विभागका डाक्टरहरु, नर्सीङ्ग अधीकृत, सरसफाइ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गोष्ठीमा पि.जी.आर.पी/यु.एन.डि.पी.का तर्फबाट निमेश ढकाल तथा मनोज प्रसाद ओझाले फोहोर व्यवस्थापन तथा त्यसका लागि संस्थाले गर्ने कृयाकलाप तथा सहयेगका बारेमा पकाश पारेका थिए ।

त्यस्तै, गोष्ठीमा मे.सु.डा. विरेन्द्र प्रधानले यो कार्यक्रम सफलतापुर्वक संचालन गर्न आवश्यक सहयोग गर्न सम्बन्धित सबैले इमानदारीपूर्वक काम गर्नुपर्ने भन्दै आगामी दिनमा यस अस्पताललाइ स्वास्थयजन्य फोहोर व्यवस्थापनमा नमुना अस्पताल बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, कार्यक्रम सफलतापूर्वक संचालन गर्न आगामी दिनमा समन्वयात्मक भूमिकाका लागि नर्सिङ्ग विभाग अन्तर्गतको कर्मचारी अन्जना श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकि फोहोर व्यवस्थापन समिति गठन गरिएकाे फिल्ड स्पाेट एशाेसियट श्रीवास्तवले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...