Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

ग्रामीण वडाहरुको विकास विना महानगरको विकास असम्भव : मेयर सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले ग्रामीण क्षेत्रका वडाहरुको समग्र विकास विना महानगरपालिकाको विकास असम्भव रहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाले वडा नम्बर २९ बसडिल्वामा बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले राखेको गुनासो र समस्याको बारेमा जवाफ दिने क्रममा मेयर सरावगीले आफु निर्वाचित भएपछि नयाँ गाभिएका वडाहरुको विकासलाई प्राथामिकतामा राखेको बताउँदै निर्वाचित भए यता ४ वर्षको कार्यकालमा ग्रामीण भेगका वडाहरुको पुर्वाधार विकासमा साधन श्रोतले भ्याए सम्म काम गरेको बताए ।

मेयरमा निर्वाचित भएपछि आफूले ग्रामीणक्षेत्रका वडाहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा बनाएको भएपनि कमजोर पूर्वाधारलाई स्तरोन्नतीमा समय लागेकोले स्मार्ट सिटीको रुपमा विकास गर्न नसकिएको बताए ।

उनले अबको बाकी १ वर्षको कार्यकालमा पनि ग्रामीण भेगका वडाहरु आफनो प्राथमिकतामा रहने र पूर्वाधार संरचना निर्माण गरिदिए आगामी दिनमा ग्रामीण भेगका वडाहरुलाई आफूले चाहे जस्तो स्मार्ट सिटी बनाउन सहज हुने बताए । बाढी र डुबानले बर्सेनि दु:ख दिदै आएको भेडाहा खोलामा स्थायी पक्की बाँध निर्माणको लागि दुई तीन दिनमै टेण्डर प्रकृया शुरु हुने जानकारी दिदै यसका लागि महागरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा १० करोड ३८ लाख रुपैया विनियोजन गरिसकिएको उनले बताए ।

महानगरपालिकाको बजेट र राष्ट्रिय योजना आयोगकको बजेटबाट भेडाहा खोलाको कटान नियन्त्रणका लागि २५ करोडको लागतमा स्थायी बाँध निर्माण गरिने नगर प्रमुख सरावगीले वडावासीलाई आश्वासन दिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ का स्थानीयवासीले चुनावमा जनप्रतिनिधीले गरेका वाचा अहिले सम्म पनि पुरा गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले महानगरमा समाहित भएको वडा नम्बर २९ मा अहिलेसम्म पनि स्वास्थ्य र शिक्षाको अवस्था दयनीय रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीयवासीले वडा नम्बर २९ मा अहिले सम्म कालोपत्रे सडक नै नरहेको भन्दै यस तर्फ गम्भिर बनि दिन महानगर मेयर सरावगीको ध्यानाकर्षण गराएका थिए ।

वडा नम्बर २९ मा तीन वटा गाँउ रहेको भन्दै स्थानीयले अहिले वर्षाका बेला तीन वटै गाउ बिच सडक सम्पर्क विच्छेद भएको गुनासो पनि गरेका थिए । उनीहरुले वडा कार्यालयमै मालपोत कर तिर्ने व्यवस्था गरि दिन माग पनि गरेका थिए ।

यस्तै वडामा सार्वजनिक शौचालय , नालाको व्यवस्थित सरसफाइ, गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शिक्षकको दरबन्दी थप गरि दिन पनि स्थानीयवासीले नगरप्रमख सरावगीसंग आग्रह गरेका थिए । भेडाहा खोलाले वर्षेनी कटान र डुबान गर्दै आएकाले यसको दीर्घकालीन सामधान गरिदिन पनि स्थानीयवासीले माग गरेका थिए ।

वडा अध्यक्ष धर्मेन्द्र महत्तो थारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, योजना महाशाखा प्रमुख राकेश साह, प्रशासन शाखा प्रमुख विकास मिश्र लगायतको उपस्थिति रहेको थियो ।

समायन्तर मिडिया प्रालिकाे संयोजनमा आयोजना भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रमा उक्त संस्थाका अध्यक्ष ओम प्रकाश खनालले सेवाग्राहीहरुबीच गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशु फेला, एक महिला पक्राउ

वीरगंज । नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१६ निवासी...

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...