Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बर्षायाममा ग्रामिण सडककाे अवस्था बेहाल

spot_img
spot_img

वीरगंज । बर्षायाममा पर्सा जिल्लाकाे ग्रामिण भेगकाे सडककाे अवस्था बेहाल भएकाे छ । मनसुन सुरु भएपछि ग्रामिण भेगकाे विभिन्न सडकहरुमा खाल्डा खुल्डी भएर पानी जमेका छन् ।

पाेखरियादेखि जानकी टाेला जाने सडकमा एक फिटदेखी ३ फिट सम्म खाल्डा खुल्डी भएर पानी जम्मेका कारण सवारी साधनकाे आवत जावतमा समस्या हुने गरेकाे छ । साे सडक खण्डकाे विभिन्न ठाउँमा खाल्डा खुल्डी भएर पानी जम्मेका छन् भने केही ठाउँमा पानी जम्मेका कारण सडक हिलाेमै भएकाे छ ।

जस कारण सवारी साधन आवत जातवतमा समस्या हुनुकाे साथैे पैदल आवत जावतमा समेत कठिनाई हुने गरेकाे छ । 

यस्तै, पदम राेडकाे पनि विभिन्न ठाउँमा कलभट निर्माण नभएका कारण सवारी साधन आवगमन प्रभावित हुने गरेकाे छ । साे सडक खण्डकाे सुपवलीस्थित कलभट निर्माण भएपनि माटाे पुर्ने काम नभएका कारण सवारी साधन आवतजावतमा समस्या हुने गरेकाे छ ।

कलभट माटाे पुर्ने काम नभएका कारण वैकल्पिक बाटाेकाे रुपमा खेतकाे बाटाे भएर सवारी साधन आवतजावत गर्नु परेकाे छ । तर त्याे वैकल्पिक बाटाे बिग्रेका कारण एम्बुलेन्स आवत जावतमा समेत समस्या हुने गरेकाे छ ।

त्यस अघि पनि साेही सडक खण्डकाे भिविन्न ठाउँमा कलभटकाे निर्माण कार्य सम्पन्न नभएका कारण वैकल्पिक रुपमा खेतकाे बाटाे भएर सवारी साधनलाई आवत जावत गर्नु परेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...