Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

फाउन्डेसन पर्साद्वार दुई पत्रकार पुरस्कृत

spot_img
spot_img

वीरगंज । जिपि काेइराला फाउन्डेसन पर्साले २ जना पत्रकारलाई सम्मान गरेकाे छ ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजा प्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसरमा फाउन्डेसनले स्थापना गरेकाे क्रियाशिल पत्रकारित पुरस्कारबाट पर्साका २ जना पत्रकार सम्मानित भएका हुन् ।

फाउन्डेसनले बिबिसी पर्साकी संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफएमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता इर्फान अली सम्मान गरेकाे हाे ।

 नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे एक कार्यक्रममा फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट महतो र अली सम्मानित भएका हुन् । दुबै जनालाई कार्यक्रमकी उप्रमु अतिथी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पुरस्कार राशी रु २५/२५ हजारकाे चेक र प्रमाणपत्रले सम्मानित गरेकी थिइन ।

फाउन्डेसन पर्साका अध्यक्ष महमद सहाबुदिनकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहान, प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, नेपाली काँग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकाश उपाध्याय,  प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकाेटे मगर लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...