Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भेडाहा खोलामा २५ करोडको लागतमा स्थायी बाँध निर्माण हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक बर्षमा १५ करोडको लागतमा बाँध निर्माण गर्ने भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडाहरुमा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक बर्षमा कटान रोक्न बाँध निर्माण गरिने बताए ।

महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० र ३१ गरी पाँच वटा वडामा भेडाहा खोलामा आएको बाढीले बर्सेनि खेती योग्य जमिन कटान गर्ने गरेको छ । भेडाहा खोलाको कटान नियन्त्रणका लागि महानगरपालिकाले २५ करोडको लागतमा आगामी आर्थिक बर्ष २०७८/०७९ मा स्थायी बाँध निर्माण शुरु गरिने महानगरपालिकाका प्रमुख सरावगीले जानकारी दिए ।

बाँध निर्माणका लागि बजेट समेत विनियोजन भईसकेको उनले बताए । हरेक बर्ष भेडाहा खोलामा आएको बाढीले सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्ने गरेकोले स्थायी बाँधका लागि महानगरपालिकाले बजेट छुट्याएको नगर प्रमुख सरावगीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...