Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

भेडाहा खोलामा २५ करोडको लागतमा स्थायी बाँध निर्माण हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक बर्षमा १५ करोडको लागतमा बाँध निर्माण गर्ने भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडाहरुमा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक बर्षमा कटान रोक्न बाँध निर्माण गरिने बताए ।

महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० र ३१ गरी पाँच वटा वडामा भेडाहा खोलामा आएको बाढीले बर्सेनि खेती योग्य जमिन कटान गर्ने गरेको छ । भेडाहा खोलाको कटान नियन्त्रणका लागि महानगरपालिकाले २५ करोडको लागतमा आगामी आर्थिक बर्ष २०७८/०७९ मा स्थायी बाँध निर्माण शुरु गरिने महानगरपालिकाका प्रमुख सरावगीले जानकारी दिए ।

बाँध निर्माणका लागि बजेट समेत विनियोजन भईसकेको उनले बताए । हरेक बर्ष भेडाहा खोलामा आएको बाढीले सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्ने गरेकोले स्थायी बाँधका लागि महानगरपालिकाले बजेट छुट्याएको नगर प्रमुख सरावगीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...