Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जय माता दी ट्रेडर्सलाई ५० हजार जरिवाना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं‍. १५  मा रहेकाे जय माता दी ट्रेडर्सलाई जरिवाना भएकाे छ ।

उजुरीको आधारमा अनुगमन गर्दा कवाडी समानको खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका समान, जस्तापाता तथा अन्य सामान बिक्री वितरण गरिएको पाइएकाेले जय माता दी ट्रेडर्सलाई ५० हजारा जरिवाना गरिएकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले वताए ।

उपभोक्ता सँरक्षण ऐन, २०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम रु ५० हजार मात्र तत्काल जरिवाना गरिएको उनले जानकारी दिए ।

उक्त रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको खत्वेले जानकारी गराए ।

उजरीकाे आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको संयुत अनुगमन टोलीले ट्रेडर्सकाे अनुगमन गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...