Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

जय माता दी ट्रेडर्सलाई ५० हजार जरिवाना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं‍. १५  मा रहेकाे जय माता दी ट्रेडर्सलाई जरिवाना भएकाे छ ।

उजुरीको आधारमा अनुगमन गर्दा कवाडी समानको खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका समान, जस्तापाता तथा अन्य सामान बिक्री वितरण गरिएको पाइएकाेले जय माता दी ट्रेडर्सलाई ५० हजारा जरिवाना गरिएकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले वताए ।

उपभोक्ता सँरक्षण ऐन, २०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम रु ५० हजार मात्र तत्काल जरिवाना गरिएको उनले जानकारी दिए ।

उक्त रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको खत्वेले जानकारी गराए ।

उजरीकाे आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको संयुत अनुगमन टोलीले ट्रेडर्सकाे अनुगमन गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...