Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा जारी निषेधाज्ञा थप खुकुलाे, यातायात र हाेटल संचालन गर्न पाइने

spot_img
spot_img

वीरगंज । दाेस्राे लहरकाे काेराेना भाइरस संक्रमण राेकथाम र नियन्त्रणकाे लागि पर्सा जिल्लामा जारी निषेधाज्ञा थप खुकुलो भएको छ । झण्डै २ महिनाभन्दा लामो समयदेखि जारी निषेधाज्ञा थप खुकुलाे बनाइएकाे हाे । 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको आइतवार बसेको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निजी सवारी साधन र जिल्ला भित्र मात्र सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसीका संयोजक पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्लामा जारी निषेधाज्ञाका कारण कोरोना भाइरसको संक्रमण दर कम भएको ठहर गर्दै पूर्व निर्णयमा केही परिमार्जन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको डिसिसिएमसीको बैठकमा सहभागी वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताए । 

बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरुलाई भने बन्द राख्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरु, विद्यालय, कलेज, ट्युशन सेन्टर आदिलाई पनि हाललाई बन्द नै राख्नुपर्ने बैठकले निर्णय गरेको छ । 

त्यसैगरी लामो दुरीका एवम् जिल्ला बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारी साधनलाई पनि सञ्चालन गर्न रोक लगाइएको छ ।

यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ । 

यस्तै, विवाह ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्य हकमा बढीमा २५ जना सम्मकाे उपस्थितीमा स्वास्थ्य सुरक्षाका मापदण्डकाे पालना गरी गर्न सकिने बैठककाे निर्णय छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...