Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बारामा हातीकाे आक्रमणले एक जनाकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । बाराको कलैयामा जंगली हात्तीको आक्रमणमा परी एक जनाकाे मृत्यु भएको छ ।

हातीकाे आक्रमणले कलैया उपमहानगरपालिका–२ अवधापुरका ४५ वर्षीय रामदेव पटेलकाे शुक्रबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक गौतम मिश्रले वताए ।

खेतमा काम गर्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो । हातीकाे आक्रमणले गम्भिर घाइते उनकाे अस्पताल लैजादा गर्दा बाटो मै मृत्यु भएको मिश्रले बताए ।

मानव बस्तीभन्दा करिब १५ किलोमिटर टाढा रहको पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट हात्ती गाँउ तर्फ गई पटेलमाथी आक्रमण गरेको जानकारी मिश्रले दिए ।

बिहान खेतमा धान रोपाईको लागि खेतको आली मिलाउँदै गरेको समयमै उखुबारीबाट अचानक आएकाे हात्ती सुढसँग पटेलमाथी आक्रमण गरेको स्थानीयले बताएका छन् ।

पटेलमाथी आक्रमण गर्ने हात्ती गाँउकै वरीपरि रहेको तथा हात्तीलाई जगंल तर्फ लगनको लागि निकुन्जको टोलीलाई जानरकारी गराएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...