Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रतिगमन विरुद्ध प्रधानमन्त्री ओलिको पुत्ला दहन

spot_img
spot_img

वीरगंज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सर्लाहीको नवलपुरमा  प्रधानमन्त्री केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ ।

प्रतिगमनको विरुद्धमा देश व्यापी आन्दाेलनकाे कार्यक्रम अन्तर्गत सर्लाहीमा पनि प्रधानमन्त्री ओलीकाे पुत्ला दहन गरिएकाे अखिल क्रान्तिकारी प्रदेश नं. २ का सह संयाेजक प्रभाकर गुप्ताले वताए ।

पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारी प्रदेश नं. २ का सह संयोजक बिश्वमणि थापा, केन्द्रिय सदस्य संजय कुमार महतो, विद्यार्थी स्वयंसेवक बिभागका प्रदेश सह-संयोजक किरण श्रेष्ठ, सर्लाही जिल्लाका सह संयोजक रन्जित सहनी लगायतको सहभागिता रहेको थियो ।

 प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...