Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महानगर प्रमुख सरावगीद्वारा विद्यालय भवनकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार वीरगंज महानगरपालिकाकाे वडा २७ भवानीपुरमा निर्माण भएकाे विद्यालय भवनको उद्घाटन गरेका छन् ।

महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चार कोठे भवनको महानगर प्रमुख सरावगीले उद्घाटन गरेका हुन् ।२/२ कोठे भवनको १५/१५ लाख गरी ३० लाख रुपैयाँको लागतमा ४ कोठे भवनको निर्माण भएकाे नगर प्रमुख सरावगीले वताए ।

विद्यालयको पर्खाल निर्माणका लागि ९ लाख, शौचालय निर्माणका लागि ७ लाख र खेल मैदानमा माटो पुर्नका लागि २ लाख रुपैयाँ महानगरपालिकाबाट उपलब्ध गराइएको नगरप्रमुख सरावगीले जानकारी गराए ।

त्यसैगरी आगामी वर्ष नेपाल सरकारको बजेटबाट १२ कोठे भवन निर्माणका लागि पनि पहल गर्ने नगरप्रमुख सरावगीले प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...