Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा चट्याङ लागेर ३ जनाकाे मृत्यु, ४ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन् ।

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरवाना निवासी ५५ बर्षिय रघुबिर यादव, पटेर्वा सुगाैली गाउँपालिका वडा नं. १ निवासी २७ बर्षिय रसुलअज गद्दी र जिराभवानी गाउँपालिका वडा नं ३ जितपुर निवासी ५० बर्षिय असरताेमी देवी थरुनीकाे चट्याङ लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

भैंसी चराउन घर बाहिर गएका देउरवाना निवासी यादवकाे र गदियानी निवासी गद्दीकाे चट्यांग लागेर मृत्यु भएकाे उनले जानकारी दिए । उनका अनुसार जितपुर निवासी थरुनीकाे खेतमा काम गर्न गएकाे बेला चट्याङ लागेकाे थियाे ।

थरुनी सहित अन्य महिलाहरुको समूहले रोपाई गरिरहेको अवस्थामा करिब ७ बजे चट्याङ खस्दा थरुनीको घटना स्थाल मै मृत्यु भएकाे हाे । साथै अन्य चार जना महिला पनि घाइते भई बेहोस भएका थिए ।

आज (मंगलबार) विहान पानीसँगै परेको चट्याङले  १ जना सख्त घाइते र तीन जना सामान्य घाइते भएकाे प्रहरी नायब उपरिक्षक खनालले वताए ।

समान्य घाइते हुनेमा जिराभवानी गाउँपालिका निवासी ३ जना रहेका छन् भने सख्त घाइते हुनेमा सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरवाना निवासी ४० बर्षिय राजबंशी महरा रहेका छन् ।

सख्त घाइते महरालाई उपचारकाे लागि वीरगंज ल्याउँदै गरेकाे प्रहरी नायब उपरिक्षक खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...